गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या मुद्दामा सफाई पाएका छविलाल पौडेल आज रिहा
काठमाडौं – गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या मुद्दामा सफाई पाएका छविलाल पौडेल आज रिहा भएका छन् ।
जिल्ला अदालत चितवनले फुजेल काण्डका १३ जना प्रतिवादीमध्ये १२ जलाई सफाइ दिने फैसला बमोजिम उनी रिहा भएका हुन् ।
चितवनका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासले १३ प्रतिवादीमध्ये १२ जनालाई सफाइ दिने फैसला गरेको थियो ।
उनी डिल्लीबजारस्थित कारागारबाट रिहा हुँदा सयौं फुजेलबासी र नेकपाका कार्यकर्ताहरुले बाजागाजासहित स्वागत गर्न पुगेका थिए ।