डाक्टर र नर्सको विवादले एक क्वाटरमा पाँच ताल्चा

पाल्पा÷जिल्ला अस्पताल पाल्पाको एक क्वाटरमा ताल्चा लगाइएको छ । डाक्टर र नर्सबीच क्वाटरको विवादका कारण क्वाटरमा ताल्चा लगाइएको हो । नर्सहरुको निवासका लागि निर्माण भएको सो क्वाटरमा गत एक बर्षदेखि बस्दै आएकी एक नर्सलाई हटाएर डाक्टर बस्न पाउनुपर्ने माग हँुदै आएको र केही नर्सहरु समेतले बस्न पाउनुपर्ने माग गर्दै आएपछि विवाद बढ्दै गएको स्रोतले बताएको छ ।
स्थानीय प्रशासनले भने यस विषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन । एकआपसमा विवाद भएपछि सबैले आ–आफ्नो ताला लगाउँदै जाँदा पाँच वटा ताला अहिले क्वाटरको ढोकामा झुण्डिएका छन् । स्वास्थ्य सेवा विभागको नर्सिङ्ग विभागले पनि त्यसो नगर्न पटक पटक पत्राचार गर्दा समेत त्यसप्रति अस्पताल प्रशासनले वास्ता गरेको छैन ।