निर्मला पन्त प्रकरण : छानविन समितिका सदस्य विरेन्द्र केसीले दिए राजीनामा
काठमाडौं १३ वर्षी वालीकाको बलात्कारपछि हत्या भएपछी कञ्चनपुरमा आन्दोलन सुरु भयो आन्दोलनले उग्र रुप लिएपछि एक जना वालकको आन्दोलनका क्रममा मुत्यु भयो ।
मुत्यु भएलगत्तै सरकारले करफ्यु जारी गरी कञ्चनपुर शान्त पार्न खोज्यो र विस्तारै कञ्चनपुरको अवस्था सामान्य वन्दै गयो यसै क्रममा सरकारले उच्चस्तरि छानविन समिति गठन गर्यो बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याका सम्बन्धमा सत्य तथ्य पत्ता लागउन तर यतिवेला गठित उच्चस्तरीय छानविन समितिका सदस्यले राजीनामा दिएका छन् ।
प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विरेन्द्र केसीले सोमबार पत्रकार सम्मेलन गरी राजीनामा दिएको घोषणा गरेका हुन् ।
घटनालाई अन्तै मोड्न खोजिएको बताउँदै समितिका सदस्य केसीले समितिबाट अलग भएको घोषणा गरेका छन्।
सरकारले समितिको म्याद १५ दिनका लागि थपेको छ । निर्मलाको गएको साउन १० गते बलात्कार गरि हत्या गरिएको थियो । उनको शव ११ गते बिहान उखुबारीमा भेटिएको थियो ।