प्रचण्ड अचानक भारत जानुको रहस्य
काठमाडौं- पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसै साता अचानक भारत भारत भ्रमण गरेका छन् । मुलुकमा पछिल्लो समय बढ्दो बलात्कारजन्य हिंसाको कारण सरकारको आलोचना हुन थालेको छ । प्रधानमन्त्री के.पी ओलीलाई केही महिनाअघि सम्म जय जय गर्नेहरुले अहिले आलोचना गर्न थालेका छन् ।
यही बेला अध्यक्ष दाहाल अचानक फुत्त किन भारततिर लागे ? पूर्व प्रधानमन्त्री दाहाल ३ दिनको लागि बिहिबार दिल्ली प्रस्तान गरेका हुन् । स्रोतका अनुसार नेता दाहालले प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग ६ दिनको लागि भ्रमण समय मागेका थिए तर पार्टीको बैठक तत्कालै बस्नुपर्ने भएकोले ३ दिनको लागि मात्र छुट्टिदिएका हुन् । राजनीति वृतमा अनेका टीका टिप्पणी भएका छन् । अध्यक्ष दाहालले भने आफू दुई मुलुकबीको सम्बन्ध अद्धै बलियो पार्न भारत गएको र सोही अनुसार कुरा गरेर फर्किएको बताएका छन् ।
प्रचण्डले भने, ‘सरकारले अगाडि सारेको विकास योजनाको पक्षमा वातावरण बनाउन, नेपाल भारतबीच भएका सम्झौता कार्यान्वयन गराउन र नेपाल भारतबीचको सम्बन्ध थप बलियो बनाउने भारत भ्रमणको उद्देश्य हो ।’ उहाँले दुई देशबीचको सम्बन्धमा सकारात्मक विकास भएको पनि उल्लेख गरे । बदलिएको परिस्थितिमा नेपाली कार्यबाहक राजदूत र कर्मचारीलाई अझ सक्रियतापूर्वक र गम्भीरतापूर्वक कार्यसम्पादन गर्न आग्रहसमेत गरे ।
कार्यक्रममा प्रवासी नेपालीले नेपाली सीमामा हुने गरेका घटना रोक्न पहल गर्न आग्रह गरेका थिए भने बैंक खाता, भोटर आइडी, इस्योरेन्स लगायतका समस्याबारे समाधानका लागि पहल गर्न अनुरोध गरेका थिए । यसअघि अध्यक्ष प्रचण्डसँग भारतीय राष्ट्रिय सल्लाहकार अजित डोभालसँग बिहीबार भेट गरे । भेटका अवसरमा दुई पक्षीय सम्बन्धका बिषयमा छलफल भएको छ । पछिल्लो समय दुई देशबीचमा बढ्दै गएको सम्बन्ध र हार्दिकता सुदृढ गर्ने र दुई देशबीच पछिल्लो चरणमा भएका सहमति र समझदारी कार्यान्वयनमा लैजाने विषयमा छलफल भएको थियो ।
पूर्व प्रधानमन्त्री प्रचण्ड र भारत सरकारका गृहमन्त्री राजनाथ सिंहबीच पनि भेटवार्ता भएको छ । भेटमा नेपाल भारत सम्बन्धका लागि सकारात्मक वातावरण बनेको भन्दै नेपालको आर्थिक समृद्धिमा दुवै देश मिलेर अघि बढ्ने छलफल छ । अध्यक्ष दाहालले भ्रमणको क्रममा त्यहाँका विभिन्न मन्त्री तथा नेताहरुसँगको भेटमा विद्युतमा लगानी गर्न समेत आग्रह गरेका छन् ।