मूल्यवृद्धिको विरोधमा आज बन्द को आह्वान
नयाँ दिल्ली – भारतको विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले पेट्रोल र डिजेलमा भएको मूल्यवृद्धिको विरोधमा आज भारत बन्द को आह्वान गरेको छ।
यो बन्दमा समाजवादी पार्टी, डिएमके, आरजेडी लगायत २० दलको समर्थन रहेको कांग्रेसले जनाएको छ। भारतका अधिकांश राज्यहरुमा बन्दको प्रभाव परेको जनाइएको छ।
भारतमा बिहिवार पेट्रोलमा प्रति लिटर १२ पैसा भारु र डिजेलमा १० पैसा भारु लिटर बृद्धि गरिएको थियो। भारतको धेरै राज्यहरुमा पेट्रोलियम पदार्थको मूल्य ८० भन्दा माथि पुगेको छ।
बन्दको समर्थनमा आयोजित कार्यक्रममा भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी, पूर्व अध्यक्ष सोनिया गान्धी, पूर्व प्रधानमन्त्री मनमोहन सिंह लगायतका वरिष्ठ नेताहरु सहभागी भएका थिए।