आइएमई ग्रुपले सलाम एयरलायन्सको सेवालाई नेपाल भित्र्यायो
काठमाडौं-मंगलबार सलाम एयरको पहिलो उडान काठमाडौंमा अवतरण भएको हो। यसले अबदेखि काठमाडौं–मस्कट गन्तव्यमा नियमित उडान भर्नेछ।
नेपाल नागरिक उड्ययन प्राधिकरणले दिएको समय तालिका अनुसार काठमाडौंमा बिहान ८ बजे विमान अवतरण गरी ८ः४० मा उडान भर्नेछ।
नेपालमा एयरलाइन्सको जनरल सेल्स एजेन्टका रुपमा रही आइएमई इन्टरनेशनल ट्राभलले व्यवस्थापन गर्नेछ। यो आइएमई ग्रुप अन्तर्गतको कम्पनी हो। काठमाडौं थप भएसँगै यस एयरलायन्सको १६ वटा गन्तव्य पुगेका छन्।
यसअघि एयरलाइन्सले मस्कटलाई आफ्नो हब बनाई १७४ सिट क्षमता रहेको एयरबसद्वारा ढाका, बाकु, टिवलिस, दोहा, दुवई, सिलकोट, मुल्तान, कराँची, खार्तुम, जेद्दा लगायत १३ वटा बाह्य तथा सलाल र सुहार गरी २ आन्तरिक
आइएमई ग्रुपले सलाम एयरलायन्सको सेवालाई नेपाल भित्र्याएको छ। विमानस्थलमा उडान भर्दै आएको थियो।