अमेरिकामा भीषण आँधीबेहरी आउँदै
एजेन्सी –अमेरिकाकमा फ्लोरेन्स नामक विशाल आँधीबेहरी आउने अनुमान गरिएको छ । दक्षिण पूर्वी क्षेत्रमा ठूलो आँधीबेहरी आउने अनुमान गरिएको हो । विशेषज्ञहरूको अनुसार बिहीबार साँझ वा शुक्रबार बिहानसम्ममा फ्लोरेन्स नामक विशाल आँधीबेहरी
पुर्व अनुमान गरिएको छ ।
करिब २० वर्ष पछि यस क्षेत्रमा आउँदै गरेको यो शक्तिशाली आँधीबेहरी पुर्व अनुमान गरिएको हो । यो आँधीलाई क्याटागोरी –४ र सोभन्दा पनि माथि पुग्नसक्ने सम्भावना औंल्याइएको छ । १५७ माइल अर्थात् २१५ किमी प्रतिघन्टाको गतिले आउने यो तुफानले व्यापक क्षेति पुर्याउने अनुमान गरिएको छ ।
फ्लोरेन्स नामक सो आँधीले आउने भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन राज्यमा आपतकालीन संकटकालको घोषणा गरेका छन् । अमेरिकाका नर्थ क्यारोलिना, साउथ क्यारोलिना र भर्जिनियामा सङ्कटकालको घोषण गरेका हुन् ।
आधीँले व्यापक असर पर्ने अनुमान गरिएको छ । यसबाट अकल्पनीय रूपमा धेरै धन जनको विनाश हुने अनुमान गरिएको छ । त्यसैले यी तीनै राज्यका विशेषतः सामुद्रिक तटीय क्षेत्रमा बसोबास गर्ने करिब लाखौ मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाइएको छ ।