न्याय दिन नसक्ने हो भने आफुहरुलाई पनि मारिदिए सरकार
काठमाडौं- बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मलाका आमा–बुबा यतीवेला न्याय माग्नका लागी काठमाडौं आइपुगेका छन ।
१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको करिव ४८ दिन भएको छ तर सरकाले पन्तका दोषी पत्ता लगाउन अझै सकेको छैन ।
बिहिवार रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्नै उनीहरुले आफ्नी छोरीलाई न्याय दिन नसक्ने हो भने आफुहरु पनि बाँचुको कुनै अर्थ नरहेकोले आफुहरुलाई पनि मारिदिन सरकारलाई आग्रह गरेका छन् ।
सम्मेलनमा निर्मलाकी आमाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्मला आफ्नै छोरी सम्झिएर न्याय दिलाउन सहयोग गरिदिन आग्रह गरिन् । उनले भनिन् ‘राष्ट्रपतिकी पनि छोरी होलिन्, मेरी छोरीलाई पनि त्यस्तै सम्झिदिनुस् ।
न्याय नपाई काठमाडौंबाट नफर्किने बताउँदै बाबु यज्ञराज पन्तले भने, ‘सरकारले हत्यारालाई पक्राउ गर्न कुन कसुरले अवरोध गरेको छ न्याय दिन सक्दैनौं भने हामीलाई पनि गोली ठोकेर मारिदेऊ ।’
जबरजस्ती लास उठाउनका लागि दबाब दिएको प्रहरीले प्रमाण नस्ट गरेको बताएका उनले प्रधानमन्त्री केपी शर्मा ओलीले लासका विषयमा दिएको अभिव्यक्तिले चित्त दुखेको कुरा पनि सुनाए ।
बम दिदीबहिनी शंकाको घेरामा रहेको तर, सरकारले उनीहरुलाई संरक्षण गर्न खोजेको पन्तको गुनासो छ । उनले भने यति प्रमाण हुँदाहुँदै सरकारले उल्टै ववितालाई संरक्षण गर्न खोजदै छ। प्रधानमन्त्रीले तगडा बनाइदिएका छन् ।’
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको थियो । अहिले निर्मलाको न्यायको लागि न्याय माग गर्दै उनका बुवाआमासहित कञ्चनपुरका अगुवा महिला अधिकारकर्मीहरु काठमाडौंमा छन् ।