स्थानीय तह कागजविहीन बन्दै ‘अफिस अटोमेशन प्रणाली ’ ल्याउने तयारी
काठमाडौँ- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिलाई नै कागजविहीन बनाउनका लागि ‘अफिस अटोमेशन प्रणाली’ ल्याउन तयारी गरेको हो ।
मन्त्रालयले ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिलाई नै कागजविहीन बनाउनका लागि ‘अफिस अटोमेशन प्रणाली’ ल्याउन तयारी गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहकार्यमा मन्त्रालयले उक्त प्रणाली ल्याउन थालिएको मन्त्रालयको सूचना प्रविधि शाखाकाले जानकारी गरायो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई कागजविहीन बनाउने काम शुरु गरेको छ ।
प्रणाली प्रयोगमा ल्याइसकेपछि स्थानीय तहका काम पूर्णतया डिजिटलमा जाने छन् । कामको लागि मूल दर्तामा कुनै कागज ‘स्क्यानिङ गरिने छ त्यही कागज नै अन्य शाखाका कम्प्युटरको माध्यमबाट पु¥याइ काम हुने छ । सूचना प्रविधि शाखाका अनुसार ‘अफिस अटोमेशन प्रणालीको काम आधा सकिएको छ ।
यस्तै कुनै विषयमा टिप्पणी उठाइएको छ भने त्यसलाई पनि स्क्यानिङ गरी कम्प्युटरमा राखिने छ र त्यहीबाट काम हुनेछ ।
सूचना प्रविधि शाखाका अनुसार युजर, एप्लिकेशन, वेभवेस एप्लिकेशनको काम भइरहेको जानकारी गरायो । प्रणाली बनाएर चाँडै नै सञ्चालन ल्याइने छ ।
मन्त्रालयले तयार पारिसकेपछि उक्त प्रणाली निःशुल्करुपमा सबै स्थानीय तहलाई उपलब्ध गराउने सूचना प्रविधि शाखाले जानकारी गरायो । यसैगरी यसभन्दा अगाडि मन्त्रालयले स्थानीय तहलाई अडियो सेवा सञ्चालन गर्न निर्देशन दिइसकेको छ ।
फोनमार्फत स्थानीय तहका सूचना जानकारी दिनका लागि मन्त्रालयले अडियो सेवा सञ्चालन गर्न निर्देशन दिइसकेको हो ।सूचना मन्त्रालयका अनुसार सबै स्थानीय तहमा इन्टरनेट सेवा नपुगेकाले डिजिटल बनाउन समस्या परेको छ ।सूचना मन्त्रालयका अनुसार करीब १५० स्थानीय तहमा इन्टरनेट पुगेको छैन ।