कांग्रेस प्रवासी संगठनको चुनावी रौनक़ वढ्दै, क्षेत्रिय समितीहरुले अधिवेशन गर्दै
जापानः जापानमा रहेका नेपाली कांग्रेसीहरुले आफ्नो प्रवासी संगठन नेपाली जनसम्पर्क समिति जापानको अधिवेशनले गर्दैछन् ।
२०१९ को जनवरी अन्तिमतिर अधिवेशन गर्ने तयारीमा रहेको जनसम्पर्क समिति जापानले केन्द्रीय समितिले गरेको निर्णय अनुसार सेप्टेम्वर अन्तिम हप्तासम्म क्षेत्रहरुमा अधिवेशन गर्न निर्देशन दिएको छ ।
समितिले बिषेश परिस्थितिले सेप्टेम्वर अन्तिम सम्म अधिवेशन गर्न नसकिएमा केन्द्रीय समितिकै सरसल्लाहमा अधिवेशन गर्न क्षेत्रीय समितिलाई निर्देशन पनि गरिएको छ । सेप्टेम्वर १० मा नाकानो टोकियोमा बसेको जनसम्पर्क समिति जापानको केन्द्रीय बैठकले आफ्ना क्षेत्रीय कार्यसमितिको अधिवेशनहरू सम्पन्न गर्नका लागि रोशन केसीको नेतृत्वमा केन्द्रीय प्रतिनिधी समेत तोकेको छ।
केन्द्रिय समितिले दिएको निर्देशन अनुसार केहि क्षेत्रीय समितिले पनि अधिवेशनको मिति तय गरि अधिवेशन तयारीमा जुटेको छ । जापानको राजधानी टोकियो तथा चिवालाई समेटेको कान्तो क्षेत्रीय समितिले सेप्टेम्वर ३० मा अधिवेशन गर्ने तयारी गरिरहेका बेला बिषेश कारणले मिति सारेर अक्टोवर ७ का दिन गर्ने भएको कान्तो सभापति यदुराम सापकोटाले जानकारी दिएका छन् ।
यता टोकियो नजिकै रहेको साईतामा, ईवाराकी गुन्मा र तोचुगी केन समेटिएको किता कान्तो क्षेत्रीय समितिले पनि यहि सेप्टेम्वर २३ तारिख गुन्मा केनको ओईजुमीमा चुनाव गर्ने गरि तयारी गरिरेको छ, ।
अधिवेशन तयारीकै लागी भनेर सेप्टेम्वर १६ मा तोचुगी केनमा रहेको ओयामामा क्षेत्रीय समितिको बिषेश बैठक बस्ने निर्णय पनि भएको छ भन्दै किता कान्तो सभापति दयाराम खरेलले जानकारी दिएका छन् यसैगरि जापानको अर्को ठुलो शहर नागोया तथा आसपासका केनहरुलाई समेटिएको तोकाई हिकुरिकु (नागोया) क्षेत्रले पनि यहि सेम्टेम्वर २३ मा अधिवेशन गर्ने निर्णय गरि तयारीमा जुटेको छ, अन्य क्षेत्रमा पनि मिति तय भई नसकेपनि अधिवेशन गर्ने आन्तरिक तयारीमा जुटिरहेका छन् ।