थाली र चम्चा बोकेर सडकमा
धनगढीः कञ्चनपुरकी १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कारपछि गरिएको हत्या घटनाका दोषीमाथि कार्वाही माग गर्दै आमा समूहले बिहीबार पनि प्रदर्शन जारी राखेका छन् ।
बुधबार तीजको दिनबाट पुनः आन्दोलनमा उत्रिएका उनीहरुले कालो सारी लगाएर तिज मनाएका थिए भने बिहिबार चम्चार थाल लिएर सडकमा उत्रिएका हुन् ।
‘दबाबमूलक संघर्ष समिति’ को ब्यानरमा भएको प्रदर्शनमा आमा समूहका महिलाहरुले थाली र चम्चा बजाउँदै घटनाको छिटो सत्य, तथ्य सार्वजनिक गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका थिए।
थाली र चम्चा बजाउँदै महेन्द्रनगर बजार परिक्रममा गर्दै अगाडि बढेको महिलाहरुको प्रदर्शनले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना दिदं वास्तविक हत्याराको सार्वजनिक र कारवाहिको माग गरेका थिए ।
निर्मलाको हत्या भएको ५० दिन पुगिसक्दा पनि सरकारले वास्तविक अपराधी पक्राउ गर्न नसकेको विरोधमा थाली र चम्चा बजाउनु परेको उनीहरुले बताए