निर्मला पन्तलाइ न्याय दे भन्दै अनेरास्ववियुको सरकार विरुद्ध प्रदर्शन
कञ्चनपुर-कञ्चनपुरकी निर्मला पन्त प्रहरी प्रशासनबाटै बल्कृत भएको यथेष्ट प्रमाण हुँदाहुँदै पनि पिडक पक्षलाई कानुनी कट्घरामा नल्याएर पिडित लाई झन पिडा थपिरहेको भन्दै अनेरास्ववीयु सरस्वती क्याम्पस कमिटीले प्रदर्शन गरेको छ ।
पीडित परिवारलाई उचित न्याय दिन नसकेको भन्दै सरकार, गृहमन्त्रालय मातहत रहेको प्रहरी प्रशासनको मातहतका व्यक्तिका लापरवाहिले झनै पीडा थपेको आरोप अनेरास्ववियुको छ ।
“अाज देशमा यस्ता घटनाहरुमा न्यूनीकरण हुनुको साटो वृद्धि भैराखेको छ । यसैको विरोधमा अाज हाम्रो क्याम्पस को अायोजनमा उपत्यका भरिका क्याम्पसहरुको सहभागीतामा वृहत प्रदर्शन गरेका हौ ।
” अनेरास्ववीयु सरस्वती क्याम्पस कमिटीका सहसचिव राम बहादुर मल्ल बताएका छन । “तत्काल घटनाको सत्यतथ्य छानविन गर्न सरकार लगायत सम्बन्धित निकायको ध्यानाकर्षण गराउन हाम्रो माग हो ।
बलत्कार जस्तो जघन्य अपराध गर्ने जुनसुकै व्यक्तिलाई पनि नातावाद, कृपावाद र खरिदविक्री बाट उन्मुक्ति नदिईयोस् भन्ने पनि हाम्रो जोडदार माग छ ।” सहसचिव मल्लले भने दिनप्रतिदिन देशमा बलत्कारका घटनाहरु बढिरहेको अवस्थामा हामी विधार्थीहरु टुलुटुलु हेरेर बस्न सक्ने अवस्था छैन निर्मला पन्त लगाएतका बलात्कारमा परेका पीडित र पीडितका परिवारले न्याय नपाए थप कडा आन्दोलनको आधिबेहरी सिर्जना गर्ने मल्लको भनाइ छ ।
प्रदर्शनमा अनेरास्ववियु सचिव सुदेश पराजुली लगाएतको उपस्थिति रहेको थियो ।कञ्चनपुरकी निर्मला पन्त प्रहरी प्रशासनबाटै बल्कृत भएको यथेष्ट प्रमाण हुँदाहुँदै पनि पिडक पक्षलाई कानुनी कट्घरामा नल्याएर पिडित लाई झन पिडा थपिरहेको भन्दै अनेरास्ववीयु सरस्वती क्याम्पस कमिटीले प्रदर्शन गरेको छ।
पीडित परिवारलाई उचित न्याय दिन नसकेको भन्दै सरकार, गृहमन्त्रालय मातहत रहेको प्रहरी प्रशासनको मातहतका व्यक्तिका लापरवाहिले झनै पीडा थपेको आरोप अनेरास्ववियुको छ ।
“अाज देशमा यस्ता घटनाहरुमा न्यूनीकरण हुनुको साटो वृद्धि भैराखेको छ । यसैको विरोधमा अाज हाम्रो क्याम्पस को अायोजनमा उपत्यका भरिका क्याम्पसहरुको सहभागीतामा वृहत प्रदर्शन गरेका हौ ।
” अनेरास्ववीयु सरस्वती क्याम्पस कमिटीका सहसचिव राम बहादुर मल्ल बताएका छन । “तत्काल घटनाको सत्यतथ्य छानविन गर्न सरकार लगायत सम्बन्धित निकायको ध्यानाकर्षण गराउन हाम्रो माग हो ।
बलत्कार जस्तो जघन्य अपराध गर्ने जुनसुकै व्यक्तिलाई पनि नातावाद, कृपावाद र खरिदविक्री बाट उन्मुक्ति नदिईयोस् भन्ने पनि हाम्रो जोडदार माग छ ।”
सहसचिव मल्लले भने दिनप्रतिदिन देशमा बलत्कारका घटनाहरु बढिरहेको अवस्थामा हामी विधार्थीहरु टुलुटुलु हेरेर बस्न सक्ने अवस्था छैन निर्मला पन्त लगाएतका बलात्कारमा परेका पीडित र पीडितका परिवारले न्याय नपाए थप कडा आन्दोलनको आधिबेहरी सिर्जना गर्ने मल्लको भनाइ छ । प्रदर्शनमा अनेरास्ववियु सचिव सुदेश पराजुली लगाएतको उपस्थिति रहेको थियो ।