गोपनियतासम्बन्धी विधेयक पारित

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठक गृहमन्त्री रामबहादुर थापाले वैयक्तिक गोपनियतासम्बन्धी विधेयक, २०७५” प्रस्ताव पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको थियो ।उक्त विधेयक लाई बहुमतले पारित गरेको छ ।

विधेयकमाथिको छलफलमा सांसदहरुले उठाउनुभएका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री थापाले गोपनियताको हक व्यक्तिको मानसम्मान र सुरक्षाका लागि आवश्यक भएको बताउनुभयो ।

उहाँले गोपनियताको हक सुरक्षित गर्दा अपराधी नउम्किउन् भन्नेमा पनि सचेततापूर्वक छलफल भएको उल्लेख गर्नुभयो ।

बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको “अपराध पीडित संरक्षण, २०७५” र बालबालिकासम्बन्धी विधेयक, २०७५” विधेयक टेबुल गर्नुभएको थियो ।

बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मीना पाण्डेले “सामाजिक सुरक्षा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५” पेश गर्नुभयो । त्यस्तै शिक्षा तथा स्वास्थ्य समितिका ज्येष्ठ सदस्य मानबहादुर विश्वकर्माले “अनिवार्य तथा निःशुल्क शिक्षाविधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५” पेश गर्नुभयो ।