मन्त्री विस्टको क्षेत्रमा अझै बल्न सकेन विजुलि
गुल्मी -बिकासको हिसाबले हेर्ने हो भने मालिका गाँउपालिका जिल्ला मै पछाडि परेको छ। राजनैतिक तालमेल नमिल्नु,बिकासमा एकाधिकार हुनु लगायतका बिबिध समस्याले सिङ्गो पालिका नै पछाडि परेको स्थानीय को गुनासो रहेको छ।
बागलुङको सिमाना मुसिकोटनगरपालिका,इस्मा,मदाने लगायत बिबिध क्षेत्र ले घेरे पनि बिकासले फड्को मार्न नसकेको गाँउपालिकाले स्विकार गरेको छ।गाउँपालिकामा यातायात,बिधुत र खानेपानी मा विशेष समस्या भएको स्थानीयले बारम्बार गुनासो गरिरहेका छन्।पालिकामा ८ वडा छन्।
नेटा,दर्लीङ्ग,ह्वाङ्दी,अर्खबाङ्ग,छापहिले,अर्जे,घमिर र मर्भुङ्ग हन्।भौतिक संरचना मा बिबिधता भएको र त्यसमा पनि जनप्रतिनिधि लागि नपर्दा ५ नस् छापहिले बिकासमा अगाडि नबढेको स्थानिय को गुनासो रहेको छ। बिधुत गुल्मी जिल्ला लोड श्रेणीङ्ग मुक्त घोषणा जिल्ला हो।तर पनि छापहिलेमा आज सम्म पनि बिजुली पुग्न सकेको छैन्।चुनाब को समयमा लगिएका पोल अहिले दुबो मुनि देख्न समेत कठिन छ ।
यसमा जनप्रतिनिधि को कुनै ध्यान नगएको स्थानिय चन्द्र बहादुुर बि।क ले गुनासो गर्नुभएको छ। स्थानीय बि।क ले भन्नू भयो “बोलेर मात्र गरिब जनता ठग्ने हो कि काम पनि गर्नै हो।” बिजुली नै प्रमुख समस्या भएकोले यसको समस्या छिटै समाधान गर्न छापहिलेबासी एकजुट भएका छन्।
यातायात बर्षायामको समयमा बाटो हिड्दा बिगत सम्झना हुने गरेको छ।संघिय सरकार आएपनि बिकासमा एकाधिकार हुने गरेको स्थानियलाई प्रत्यक्ष रुपमा मार परिरहेको बताउँछन्। यो क्षेत्र नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्ष मन्त्री गोकर्णराज विस्टको क्षेत्र भएता पनि उहाँले याहाँ भन्दा पहिला पनि नेपाल सरकारको उर्जा मन्त्री भईसकनु भयो तर यो क्षेत्रको विकासको लागि ढिला सुस्ती र आल टाल गर्न्र भएको स्थानिया जनताको आवाज रहेको छ ।
कुनै पहल नचालेको स्थानिया वासिन्दा रेखाकुमार जिसिले बताउनु भएको छ । बजेट छुट्टाउनु कार्यान्वयन हुन नसक्नु छापहिलेको ठुलो समस्या रहेको समाजसेवि भिव बहादुर कार्किले बताउनु भएको छ ।
सुमन महतारा बाट