निर्मला हत्याः लापरबाही गर्ने थप ५ प्रहरी निलम्बनमा
काठमाडौं- कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा लापरबाही गर्ने थप ५ प्रहरी निलम्बनमा परेका छन् ।
गृह मन्त्रालयले सिआइबीका डिएसपी अंगुर जिसी, कन्चनपुरका तत्कालिन डिएसपी ज्ञानबहादुर सेटी, इन्सपेक्टरद्धय एकेन्द्र खड्का र जगदीश भट्टलाई निलम्वन गरेको हो।
पन्तको हत्यामा नक्कली अभियुक्त खडा गरेको पुष्टि भएपछि उनीहरुलाई निलम्बन गरी विभागीय कारबाहीको प्रक्रिया अघि बढाइएको हो । एसपी डिल्लीराज बिष्ट तीन साताअघि नै निलम्बनमा परिसकेका छन् ।