दोषि पत्ता नलागे देशव्यापी आन्दोलन चर्काउने : नेविसंघ

काठमाडौं  – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै नेपाल विद्यार्थी संघले सोमबार काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।

‘सरकारले बलात्कारी र हत्यारालाई संरक्षण किन रु’ भन्ने मुल नाराका साथ सोमबार दिउसो २ः३० बजे काठमाडौंको प्रदर्शनी मार्गमा विरोध सभाको आयोजना गरिने नेविसंघले बतायो । बर्तमान सरकार बलात्कारीलाई बचाउन तर्फ केन्द्रीत भएको आरोप लगाउँदै निर्मलाको न्यायका लागि सडकमा उत्रिनु पर्ने अवस्थाको सिर्जना भएको नेविसंघले बताएको छ ।

बर्तमान सरकारले देशमा शान्ति, सुशासन स्थापना गर्नमा सामान्य भूमिका समेत निर्वाह गर्न नसकेको नेविसंघको आरोप छ । निर्मलाका बाबु आमा न्यायको खोजीमा सिंहदरबारकै ढोकामा आयर भौतारीनु र अपराधी खुलेआम छाति खोलेर हिड्ने अवस्था सिर्जना हुनु भनेको देश र जनताको लागि निकै चिन्ताको विषय भएको नेविसंघको धारणा छ ।

चाडो भन्दा चाडो दोषि पत्ता नलगाय देशव्यापी आन्दोलन चर्काउने चेतावनी दियो ।