निर्मला हत्या काण्ड: डीआईजी धीरु बस्नेत नेतृत्वमा छानबिन समिति पुर्नगठन
काठमाडौं– १३ वर्षीया निर्मला पन्तको हत्या गरिएको घटनाको छानबिन गर्न गठित समिति पुर्नगठन गरेको छ ।
प्रहरी प्रधान कार्यालयले भदौ १४ गते उत्तम सुवेदी नेतृत्वको मा गठन गरिएको समितिमा डिआइजीलाई समावेश गर्दै पुर्नगठन गरिएको हो ।
समितिलाई डिआइजी धिरु बस्नेतको संयोजकत्वमा अपग्रेड गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यस्तै, ५ सदस्यीय छानविन समितिलाई बढाएर ९ सदस्य पु¥याइएको छ । समितिका सदस्यहरुमा एसएसपी निरजबहादुर शाही, डिएसपीत्रय रमेश थापा, दधिराम न्यौपाने र कौशल बुढाथोकीलाई राखिएको छ । अनुसन्धानका क्रममा डिएनए परीक्षण गरेपश्चात् प्रहरीबाट अनुसन्धानमा लापरबाही भएको पुष्टि भएपछि समिति पुनर्गठन गर्नुपरेको निष्कर्ष प्रहरी प्रधान कार्यालयको छ ।
अनुसन्धानमा खटिने सबै प्रहरी कर्मचारीहरुलाई अनुसन्धानमा ल्याएर छानबिन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।