शैक्षिक बिषयमा प्रष्ट योजना भएका शाहले अबको नेबि संघको नेतृत्व गर्नसक्ने

काठमाडौं – नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको महाधिवेशन नजिकिए सँगै महाधिवेशनको सरगर्मी बढेको छ।

अहिलेको नेपाल विद्यार्थी संघको केन्द्रिय समितिले ३२ बर्षे उमेर हदबन्दी हटाएर पाटिमा बिधान पठाएपछि अबको नेपाल विद्यार्थी संघको नेतृत्वमा पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहको चर्चा चुलिएको हो।

नेता शाहको चर्चा बढेपनी शाह भने यो बिषय मौन देखिन्छन। शाहले पटकपटक भएको नेपाल विद्यार्थी संघको आन्तरिक बिवाद मिलाउन पनि निकै ठूलो भुमिका खेल्दै आउनु भएको छ। उमेर हदबन्दी हटे शाह आउनसक्ने कारनहरु यी हुन।

शाहले आफू नेपाल विद्यार्थी संघको उपाध्यक्ष हुँदा नेपालका हरेक मा बि मा अनिवार्य कम्प्यूटर इण्टरनेट हुनु पर्छ भनेर २०६४ मा मेचिमहाकाली मोटरसाइकल यात्रा गरेको थीए।

त्यो यात्रामा – नेपालका हरेक निर्बाचन क्षेत्रमा प्राबिधिक शिक्षालय स्थापना, हरेक अंचलमा १/१ कृषि क्याम्पस स्थापना सर्टिफ़िकेट धितो राखेर ऋण दिनु पर्छ भन्ने कुरा पहिलो पटक नेपालमा शाहले नै उठाएका थिए।

यी मुद्धा संबोधन भए नेपालबाट बैदेशिक रोज़गारमा जाने युवाहरूलाई नेपाल मैं रोज़गार दिन सकिन्छ र नेपालको उत्पादन बढ्छ भन्ने उनको अभियान थियो।

साथै शाहले अघिल्लो महाधिवेशन गराउन पनि महत्त्वपूर्ण सहयोग र त्याग गरेकोले पार्टी भित्र पनि शाह अन्य उम्मेदवार भन्दा बलियो देखिन्छन्।

नेपाल विद्यार्थी संघको पुर्व उपाध्यक्ष भैसकेका नेता ऋषिकेश जंग शाहले माओबादी द्वन्दको बेला रोल्पा,प्यूठान,रूकुम र सल्यानमा ने बि संघको संगठन निर्माण र विस्तार गरेर कुशल संगठक र सहयोगी नेताका रुपमा पार्टी भित्र आफुलाई स्थापित गराएका छन।

नेपालमा कम्युनिस्ट शक्तिको एकता पछि कांग्रेसलाई प्रतिस्पर्धामा अगाडि ल्याउन कांग्रेस भित्र “ आत्मीयता सहितको एकता र आत्मअनुशासन सहितको सहकार्यको “ नारा दिदै आएका छन।

५ बर्ष पछि आऊने निर्बाचनमा क़रीब १० लाख नया मतदाता नेपाल विद्यार्थी संघले जोडनु पर्छ भन्ने कुरामा पनि शाहले जोड दिदै आएका छन ! शाहको मिलनसार र मध्यमार्गी चरित्रका कारण उनि सबै गुटका बीच स्वीकार्य हुन सक्ने ब्यक्ति हुन।

यद्यपि नेपाल विद्यार्थी संघका पुर्वउपाध्यक्ष ऋषिकेश जंग शाह पार्टी भित्र संस्थापन तिर निकट रहेका छन