सत्र सय पशुहरुमा खोरेत रोग
पाल्पा÷ जिल्लाका विभिन्न स्थानका पशुहरुमा खोरेत रोग देखिएको छ । हावा र ¥यालको माध्यमबाट सर्ने यो रोग जिल्लाको रामपुर नगरपालिका वडा १० को कुमाल गाउँमा पालिएका पशुमा देखिएको रामपुर पशु विकास शाखाले जनाएको छ । यस क्षेत्रका एक हजार सात सय पशुमा खोरेत रोगले आक्रमण गरेको हो । खोरेत रोग हावा, ¥यालबाट एकबाट अर्को पशुमा सर्ने सरुवा रोग भएकाले रोग लागेका पशुहरुको समयमै उपचार नभए पछि यस क्षेत्रमा अन्य पशुहरुमा पनि सर्दै गएको छ । ¥याल काढ्ने, खुट्टा र मुखमा बिबिरा आउने, डिड्डुल गर्न नसक्ने, खाना खान नसक्ने, जिब्रोमा घाउ आउने जस्ता लक्षणहरु देखिएको पशु प्राबिधिकहरु बताउँछन् ।
पशुपालक कृषकले समयमा नै खबर नगरेका कारण खोरेत रोगको महामारी फैलिएको पशु विकास शाखा रामपुरका प्रमुख मोहनप्रसाद भट्टराईले बताए । किसानले पालेका गाई, भैसी, गोरु, बाख्रा, बंगुर लगायतका पशुमा खोरेत रोग लागेको पशु शाखाले जनाएको छ ।
खोरेत रोगले पशुमा संक्रमित गरेको एक महिनापछि मात्र कृषकले पशु विकास शाखा रामपुरमा खबर गरेका कारण संक्रमण फैलिएको छ । कृषकले पशु विकास शाखामा खबर गरे लगत्तै स्थलगत अनुगमनपश्चात तत्काल उपचारमा जुटेको प्रमुख भट्टराईले बताए । उनले रामपुर नगरपालिका र प्रदेश सरकारबाट उपचारका लागि खोरेत बिरुद्धको भ्याक्सिन औषधी उपचार सहयोग उपलब्ध भएको बताए । “रामपुर नगरपालिका १० को कुमाल गाउँ संगै आसपासका क्षेत्रहरु रामटार, हेक्लाङ्ग, च्याङ्गलिङ्ग लगायतका क्षेत्रमा पालिएका पशुमा खोरेत बिरुद्धको भ्याक्सिन लगाउने तयारीमा छांै” प्रमुख भट्टराईले भने ।