पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टीतेलमा ३ रुपैयाँका दरले भाउ बढ्यो

काठमाडौं– नेपाल आयल निमगले पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।
निगमले सोमबार रातिदेखि लागू हुने गरी पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ र डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर ३ रुपैयाँका दरले बढाएको हो ।

यससँगै अब पेट्रोलको बजारभाउ प्रतिलिटर १ सय १४ रुपैयाँ र डिजेल तथा मट्टीतेलको भाउ प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ ।

हवाईइन्धन र एलपी ग्यासको मूल्य भने नबढेको निगमले बताएको छ । दुई साताअघि पनि निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको थियो ।

निगमले २० भदौदेखि लागू हुने गरी पेट्रोलको भाउ प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँका दरले बढाएको थियो । निगमले स्वचालित मूल्य प्रणालीअनुसार दुई सातामै पेट्रोलियम पदार्थको भाउ बढाएपछि सर्वसाधारण मारमा परेका छन् ।

इन्डियन आयल कर्पोरेसन ९आइओसी०बाट १६ सेप्टेम्बरदेखि लागू हुने गरी पठाएको नयाँ मूल्यसूचीअनुसार नेपालमा पनि मूल्य हेरफेर गरेको उनले बताए ।