प्याराडाईज रिडर्स ऐकेडेमी सम्मानीत

काठमाडौं – चन्द्रागिरि नगरपालिका मा अवस्थित प्याराडाईज रिडर्स ऐकेडेमी स्थापना भएको छोटो समयमा नै विद्यार्थाीहरुमाज लोकप्रिय र विद्यार्थाीहरुको केन्द्रविन्दुको आकर्षण बन्न पुगेको छ ।

प्याराडाईज रिडर्स ऐकेडेमीका अध्यक्ष मुकेश थापाका अनुसार ‘ विं.सं २०७० सालमा स्थापना भएको र १६८ जना विद्यार्थीहरुबाट सुरु गरिएको स्कुलमा हाल करिव ४०० जना विद्यार्थी अध्यन्नरत छन् ।

हाम्रो अथक मेहनत र विद्यालयको गुणस्तरिय शिक्षाका कारण छोटो समयमानै प्रगति गर्न सफल भएको हो उहाले बताउनु भयो ” चन्द्रागिरि नगरपालिका अन्तरगतका विद्यालयहरुमध्ये सबै विषयहरुमा सबै विद्यार्थीहरुले औसत ग्रेड (जिपिए) ३.६५ भन्दा माथी प्राप्त गराउन सफल भएकोमा ‘उनन्चालीसौ शिक्षा दिवस २०७५” को उपलक्ष्यमा प्याराडाईज रिडर्स ऐकेडेमी लाइ वधाई तथा सम्मान सहीत शिक्षा सेवा प्रमाण पत्र प्रदान गरेको थियो ।

उक्त विद्यालयका प्र.अ.बिर बहादुर  जिसीका अनुसार ‘ गुणस्तरिय शिक्षा,शान्त वातावरण र विद्यार्थीहरुलाई सैदान्तिक शिक्षा भन्दा पनि व्यवहारीक शिक्षामा जोड दिइएकोले छोटै समयमा नै विद्यार्थीमाझ लोकप्रिय र शिक्षा सेवा प्रमाण पत्र वाट सम्मान हुन पाईयो ” उक्त कार्यक्रमका प्रमुख अतिथि चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरिले गर्नु भएको थियो भने अन्य अतिथि हरुमा नगर शिक्षा अधिकृत लगायत प्राशकीय अधिकृतको उपस्थिति रहेको थियो

चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरि ले नगरपालिका अन्तरगतका विद्यालयहरुमध्ये सबै विषयहरुमा सबै विद्यार्थाीहरुले औसत ग्रेड (जिपिए) ३.६५ भन्दा माथी प्राप्त गराउन सफल भएकोमा शिक्षा दिवस को उपलक्ष्यमा विद्यालयका प्र.अ बिर बहादुर  जिसी लाई बधाई तथा सम्मान सहीत शिक्षा सेवा प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।