संविधान दिवसमा ४२१ विभूषित

 काठमाडौं – सरकारले संविधान दिवसको अवसर पारेर आज ४ सय २१ जनालाई विभृ्षित गर्न लागेको छ । ४ सय २१ जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभूषित गर्ने भएकी छन् ।

बिगतका वर्षहरु जस्तै संविधान दिवसको अवसर पारेर समाजसेवी,राजनीतिज्ञ, कर्मचारी, साहित्यकार, कलाकार, चिकित्सक, पत्रकार, प्रशासक, खेलाडीलगायत विभिन्न पेशा तथा व्यवसाय आवद्ध व्यक्तित्वहरुलाई मानपदवी, अलंकार र पदक प्रदान गर्ने परम्पराअनुरूप सरकारले उनीहरुलाई विभूषित गर्न लागेको हो ।