जापानका प्रधानमन्त्री सिन्जो अबे अध्यक्षमा पुनः निर्वाचित

टोकियो- जापानका प्रधानमन्त्री सिन्जो अबे उहाँको सत्तारुढ दलको अध्यक्षमा पुनः निर्वाचित हुनुभएको छ । उहाँको राजनीतिक दल ‘लिबरल डेमोक्र्याटिक पार्टी’को बिहीबार सम्पन्न निर्वाचनमा उहाँ अध्यक्ष निर्वाचित हुनुभएको बताइएको छ ।

उहाँको विरुद्धमा उम्मेदवार बनेका अर्का नेता सिगेरु इसाबाले भने २५४ मत मात्र प्राप्त गर्नुभएको थियो । नेता इसाबा जापानको पूर्व रक्षामन्त्री हुनुहुन्थ्यो ।
जापानी प्रधानमन्त्री अबे संविधान संशोधनको मुख्य एजेण्डाका साथ प्रधानमन्त्रीमा निर्वातित हुनुभएको हो

। उहाँ पुनः आफ्नो पार्टीको प्रमुखमा निर्वाचत भएसँगै सविधान संशोधनको उहाँको सपना पूरा हुने देखिएको बताइएको छ ।

यस विजयसँगै प्रधानमन्त्री अबे जापानमा लामो समयसम्म प्रधानमन्त्रीको पदमा रहनुहुने निश्चित भएको छ । जापानी प्रधानमन्त्री अबे ६३ वर्षको हुनुहुन्छ ।
उहाँले आफ्नो दलका सदस्य र सांसदबाट ५५३ मत प्राप्त गर्नुभएको बताइएको छ ।