नभाडिने तरिकाले पार्टी एकता गर्छौं-महामन्त्री थापा
इलाम- राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का महामन्त्री सुनिल बहादुर थापाले पत्रकारसँग आज कुरा गर्दै अहिले नागरिकको मौलिक हकसमेत वर्तमान सरकारले कुण्ठित गरेको आरोप लगाउनुभयो ।
थापाले भ्रष्टाचार र अधिनायकवाद बढेकाले त्यसका बारेमा आवाज उठाउने समय आएको उल्लेख गर्नुभएको थियो । महामन्त्री थापाले अहिले देशमा भ्रष्टाचार बढेको बताउनुभएको छ ।
एक फरक प्रसङ्गमा थापाले देशलाई सही दिशा दिनका लागि आफ्नो पार्टीबीचको एकता वर्तमान समयको आवश्यकता रहको विचार व्यक्त गर्नुभयो । त्यसैले हामी राप्रपा, राप्रपा (प्रजातान्त्रिक), राप्रपा (राष्ट्रवादी बीच एकता गर्ने तर्खरमा छौँ थापाले भन्नुभयो, “हामी साङ्गठनिकरुपमा दीर्घकाल सम्म एकता नभाडिने तरिकाले एकता गर्छौं ।