धुलो सफा कुचोले होइन यन्त्रले गर्ने
काठमाडौं – काठमाडौँ महानगरपालिकाले शहरको धुलो सफा गर्नका लागि ब्रुमर यन्त्र प्रयोगमा ल्याउने भएको छ ।
ब्रुमर यन्त्र झिकाउन बोलपत्र आह्वान गरिसकिएको र ढिलोमा मङ्सिरदेखि काठमाडौँको फोहर ब्रुमरले सफा गर्नेछ ।
ब्रुमर खरिदका लागि हालसम्म ६ वटा आशयपत्रका निवेदन कामपामा परेका छन् । हाल कामपाले सामान्य कुचोले बढारेर धुलो सफा गर्ने र ट्याङ्करको पानीले सडक सफा गरिरहेको छ ।
यसैबीच कामपाले शहर सफा गर्न गत हप्तादेखि पाँच वटा ठूला यन्त्र सञ्चालनमा ल्याएको छ । हरेक वर्ष सेप्टेम्बर १५ तारिखका दिन मनाइने विश्व सरसफाइ दिवसको अवसर पारेर ती यन्त्र प्रयोगमा ल्याइएको हो ।