भोली उपत्यका बन्द

काठमाडौं-आफ्ना पक्राउ परेका नेता कार्यकर्ता रिहाईको माग गर्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आइतबार असोज ७ गते उपत्यका बन्दको आब्ह्रान गरेको छ ।
शुक्रबार साँझ पार्टीका उपत्यका इन्चार्ज प्रज्वलले जारी गरेको प्रेश विज्ञप्तिमा पक्राउ परेका नेता कार्यकर्ताको तत्काल रिहाईको माग सहित स्थानीय तहले गरेको करबृद्धि र निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग समेत गरिएको छ ।