श्रीमानले लठ्ठी प्रहार गर्दा श्रीमतीको मृत्यु

 बागलुङ्ग – श्रीमान श्रीमतीको सामान्य विवादका कारणले श्रीमान्ले लठ्ठी प्रहार गर्दा बागलुङको ताराखोला गाउँपालिका–२ बस्ने ७० वर्षीया तुलमाया छन्त्यालको मृत्यु भएको छ ।

शुक्रबार साँझ मादकपदार्थ सेवन गरेर घर आएका ६६ वर्षीय देउप्रसाद छन्त्यालले लठ्ठी प्रहार गर्दा उनकी ७० वर्षीया श्रीमती तुलमाया छन्त्यालको उपचारको क्रममा मृत्यु भएको हो । श्रीमान् श्रीमतीबीचमा सामान्य झगडा हुँदा देउप्रसादले तुलमायाको टाउकोमा लठ्ठीले हानेका थिए ।
श्रीमान्को कुटाइबाट गम्भीर घाइते भएकी तुलमायाको गलकोट प्रथामिक स्वास्थ्य केन्द्र हरिचौरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी गरायो । शुक्रबार नै देउप्रसादलाई प्रहरीले स्वास्थ्यचौकीबाट नियन्त्रणमा लिएको छ