मुख्य मन्त्री शंकर  पोख्रेल ५ नम्बर प्रदेश कमिटीको इन्चार्ज चयन

नेपालगञ्ज – मुख्य मन्त्री शंकर  पोख्रेल नेकपाको ५ नम्बर प्रदेश कमिटीको इन्चार्ज चयन भएका छन् । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सातै वटा प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज र सह–इन्चार्ज टुंग्याएको हो ।

जस अनुसार मुख्य मन्त्री पोख्रेलले इन्चार्जको जिम्मेवारी पाएका हुन् । पोख्रेल प्रदेशस्तरको एकता कार्यदलका सदस्य समेत हुन् ।

५ नम्बर प्रदेशमा  अध्यक्षमा  पुर्ब सभामुख ओनसरी घर्ती , सह इन्चार्जमा दलबहादुर राणा र सचिवमा जगप्रसाद शर्मा चयन भएका छन् । पोख्रेल र राना पुर्व एमाले तथा घर्ती र शर्मा पुर्ब माओवादी नेता हुन् ।

साविक एमालेमा पोख्रेल अध्यक्ष केपी शर्मा ओली र राना उपाध्यक्ष वामदेव गौतम निकट हुन् । शुक्रबार विहान बसेको सचिवालय बैठकले प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँट गरेको हो ।

 

प्रदेश १
इन्चार्जः भीम आचार्य
अध्यक्षः देवराज घिमिरे
सहइन्चार्जः साबित्रीकुमार काफ्ले
सचिवः सुरेश बहादुर राई

प्रदेश २
इन्चार्जः सत्यनारायण मण्डल
अध्यक्षः प्रभू साह
सहइन्चार्जः विश्वनाथ साह
सचिवः सुमन प्याकुरेल

प्रदेश ३
इन्चार्जः अष्टलक्ष्मी शाक्य
अध्यक्षः हितमान शाक्य
सहइन्चार्जः नारायण दाहाल
सचिवः आनन्द पोख्रेल

गण्डकी प्रदेश
इन्चार्जः पृथ्वी सुब्बा गुरुङ
अध्यक्षः हितराज पाण्डे
सहइन्चार्जः खगराज अधिकारी
सचिवः गोविन्द नेपाली

प्रदेश ५
इन्चार्जः शंकर पोख्रेल
अध्यक्षः ओनसरी घर्ती
सहइन्चार्जः दलबहादुर राना
सचिवः जगप्रसाद शर्मा
कर्णाली प्रदेश
इन्चार्जः जनार्दन शर्मा
अध्यक्षः गोरखबहादुर बोगटी
सहइन्चार्जः यमलाल कंडेल
सचिवः मयाप्रसाद शर्मा

प्रदेश ७
इन्चार्जः भीम रावल
अध्यक्षः कर्ण थापा
सहइन्चार्जः लक्ष्मणदत्त जोशी
सचिवः नेप चौधरी