भावी पार्टी सभापति कोइराला परिवारबाटै

बुटवल – काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अबको भावी पार्टी सभापति कोइराला परिवारबाटै हुने दाबी गरेका छन् ।

नेपाली काँग्रेसमा कोइराला परिवारको ठुलो त्याग ,तपस्या र योगदान रहेको छ । सोही कारणले अव हुन गहिरहेको महाधिबेशनमा पार्टीको भावी सभापतिका लागि कोइराला परिवारले पार्टी सभापति ताक्नु कुनै नौलो कुरा नरेको’ महामन्त्री कोइरालाले आइतबार बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै भने, म भन्दा शेखर दा सिनियर हुनहुन्छ ,सुजता दिदीला पनि समेटेर हामी अगाडी बढ्छौ र हामी सल्लाह गरेर भावी रण्निति तय गर्छौ र तीनमध्ये एक सभापति हुन्छौँ ।

नेपाली कांग्रेसका कार्यकर्ता शुभेच्छुक संघ संस्थाको सल्लाहा, सुझाव,माया, ममता, विश्वास र रोजाइका कारण कोइराला परिवार नै सभापतिमा आउन लागेको उनको भनाई थियो ।

शेखर दा, म र सुजतादिदि बसेर घनिभुत छलफल हुन्छ र छलफल पछिको निचोडबाट सभापतिमा शेखर दा, म र सुजतादिदि एकजना सहमतिमै आउछौं । हाम्रो परिवारको पार्टीमा धेरै ठुलो त्याग, तपस्या पार्टी प्रति मया,ममता, लगाब ,झुकाब र पार्टी लाइ सधै मलजल गरेर हराभरा बनाएका कारण कार्यकर्ताको रोजाय पनि कोइराला परिवारबाटै भावी सभापति छानियोस भन्ने चाहाना छ भन्ने कुरा महामन्त्री कोइरालाले व्यक्त गरेका थियो ।