शेयरको मूल्य सामान्य अङ्कले वृद्धि

काठमाडौँ – धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य अङ्कले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक २।६१ विन्दुले बढेर एक हजार २५७।६८ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।८२ विन्दुले बढेर २६६।९१ विन्दुमा पुगेको छ । सामान्य अङ्कले बढेको बजारमा कारोवार रकममा भने वृद्धि भएको छ ।

कूल १६७ कम्पनीको ५५ लाख ४९ हजार ६२१ कित्ता शेयर रु ६९ करोड ३६ लाख ६१ हजार २५६ मूल्यमा कारोवार भएको छ । पाँच उपसमूहको शेयर ओरालो लाग्दा ६ उपसमूहको शेयर भने वृद्धि भएको छ । बैंकिङ ८।८४, व्यापार ९।७१, होटल ७।४४, विकास बैंक १।४३, जलविद्युत् ६।३९ र वित्त क्षेत्र २।४३ बिन्दुले बढेको छ ।

यस्तै निर्जीवन बीमा ६२।६३, उत्पादन २।३३, अन्य ८।९९, माइक्रोफाइनान्स ८।९२ र जीवन बीमा २३।४७ विन्दुले घटेको छ । स्टकका अनुसार आज साल्ट टे«डिङ कर्पोरेशन र प्रभु बैंकका लगानीकर्ताले कमाएका छन् भने कालिका लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त विकास बैंकका लगानीकर्ता गुमाएका छन् ।