कम्युनिष्ट पार्टीले काम नगरे सिद्धिने खतरा : प्रचण्ड

 चितवन – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइ बुहमत प्राप्त सरकारले जनतालाइ शान्ति,सुरक्षा तथा विकास निर्माणका कामको परिणाम देखिने गरी काम नगरे सिद्धिने खतरा रहेको टिप्पणी गरेका छन् ।

स्थानीय तहदेखि केन्द्रसम्म नै बहुमत प्राप्त सरकार छ यो बेलामा पनि काम गर्न नसकिए कम्युनिष्ट पार्टीको भविष्य सकिने टिप्पणी गरे ।
जिल्ला समन्वय समिति चितवनको दोस्रो जिल्ला सभाको उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले भने, विकास निर्माण र रचनात्मक काममा प्रतिपक्षले पनि सहयोग गर्छु भनेको छ, गाउँ देखि केन्द्र सम्म नै हाम्रो सरकार छ, बहुमत प्राप्त सरकारले काम गर्न नसके दोष कसलाई दिने । जनताले दिएको मतको कदर अनुसार स्थानिय,प्रदेश र संघिय सरकारले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने अध्यक्ष को भनाइ छ ।

‘हामीले जनताले दिए अनुसारको मतको कदर गर्न सकेनौ भने सधै जनताले हामिलाई मत दिनु पर्ने आवश्क छैन , जनताले विकल्प रोज्न पाउने अधिकार छ अध्यक्ष प्रचण्डले अगाडि थपे, ‘यदि आगामि दिनमा जनताले हामिलाइ पत्याएन भने कम्युनिष्ट पार्टीको भविष्य अन्यौलमा पर्ने छ।

हरेक स्थानीय तहले प्राथमिकता निर्धारण गरेर हरेक बर्ष गर्ने कामको योजना बनाउने र जनतालाई यथार्थ विषयका बारेमा जानकारी दिन सक्नुपर्ने उनको भनाइ छ ।

फरक प्रसंगमा प्रचण्डले चीन, भारत र नेपाल मिलेर संयुक्त रुपमा ठूला परियोजनाहरु निर्माणका लागि अहिलेको समय अनुकुल भएको बताए । ‘हामीले १२र१५ हजार मेगवाटका ठूला विद्युत परियोजनाहरु निर्माण गरी अन्तर्देशीय सम्बन्धलाई मजवुत बनाउन सक्छौं, अब हाम्रो ध्यान यता जान जरुरी छ’ अध्यक्ष प्रचण्डले भने ‘अब एक्सनमा जाने बेला भएको छ ।’