गाउँपालिका दुईजना कर्मचारीको भरमा

बनेपा– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका दुईजना मात्रै कर्मचारीको भरमा सञ्चालन भइरहेको छ ।

सिंह दरबारको अधिकार गाउँका जनता सम्म पुर्याउने उद्देश्यले स्थापति भएका स्थानीय तहले कर्मचारी अपुगका कारण सेवाग्राहीले चाहेअनुसार सेवा दिन र लिन कठिनाई भएको हो । प्रदेश नं ३ अन्तर्गतको रेहेको विकट सो गाउँपालिकामा १७ जनाको कर्मचारीको दरबन्दी रहेको छ । तर अहिले प्रमुख प्रशासकीय अधिकृत र लेखापाल मात्रै रहेको गाउँपालिकाका अध्यक्ष कान्छालाल जानकारी गराउनु भयो ।

गाउँपालिकाका अनसुार दरबन्दीअनुसार कर्मचारी नभएको जानकारी गरायो । त्यस्तै हुनुपर्ने वडा सचिवसमेत नहुँदा गाउँपालिकाको प्रशासनिक काम तथा सेवाप्रवाहमा धेरै समस्या व्यहोर्नु परेको गाउँपाकिाको भनाइ छ ।

कर्मचारी पर्याप्त नहुँदा प्रभावकारी रुपमा सेवा दिन सकिरहेकाो छैन, जसका कारण यसक्षेत्रका सेवाग्राहीको गुनासो धेरै आइरहेको छ । गाउँपालिकाका अनुसार कर्मचारी नहुुनु र वडामा वडा सचिव नहुँदा निकै समस्या खेपिरहनु परेको बताउनुभयो ।

दरबन्दीअनुसार कर्मचारी उपलब्ध गराउन र वडा सचिव पर्याप्त मात्रामा उपलब्ध गराउन भनेर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पटक÷पटक निवेदन पेश गरिरहेका छौ, तर कुनै पनि प्रतिक्रियासमेत पाइरहेको छैनौ, सधैँजसो हामी व्यवस्थापन गरिरहेका छौंँ भन्ने मात्रै जवाफ दिइरहनु भएको छ । गाउँपाकिा अनुसार गाउँपालिकाको आठ वडामा अहिले तीन जना मात्रै वडा सचिवले काम गरिरहेका छन् । पर्याप्त वडा सचिव नहुँदा सेवाग्राहीले भन्ने बेलैमा सेवा लिन नपाएको उहाँले बताउनुभयो ।

सचिव पर्याप्त नहुँदा सेवाग्राहीलाई भन्ने बेलामा सेवा दिन नसकेको वडा नं– ६ का वडा अध्यक्ष रमेशकुमार लुङ्गेलीले बताउनुभयो । “वडा सचिव पर्याप्त नभएका कारण सिफारिस लेख्नेदेखि सबै काम आफूले नै गर्नुपर्दा समस्या खेप्नु परिरहेको छ”, उहाँले भन्नुभयो, “सेवाग्राहीलाई भन्ने बेलामा सेवा नै दिन गाह्रो भइरहेको छ ।”

भएका तीन जना वडा सचिवमध्ये अहिले रेवतीरमण निरौलाले वडा नं १, २ र ८, रामचन्द्र ढकालले वडा नं ३, ४ र ५ तथा भरत बस्नेतले ६ र ७ नं वडाको जिम्मा लिएर काम गरिरहेको कार्यालयले जनाएको छ । वडा सचिवको अभावमा जनताको काम प्रभावित नहोस् भन्ने उद्देश्यले अहिले कार्यालय सहयोगी नियुक्त गरी काम गरिरहेको अध्यक्ष जिम्बाले बताउनुभयो ।