प्रचण्डको भ्रमण : भारत रसिलो, चीन खल्लो

राष्ट्रपति सीले भेट नदिनु अर्थपूर्ण

काठमाडौं÷ नेकपाका नेता पुष्पकमल दाहाल चीनको भ्रमण सकेर बुधबार स्वदेश फर्किएका छन् । भारतबाट फर्किएको दुई÷चार दिन नवित्दै उनी चीन गएका हुन् । भारत भ्रमण उनका लागि निकै रसिलो भएको र चीन भ्रमण भने खल्लो भएको कुरा एयरपोर्टमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा देखिएको उनको मुहारबाट सहजै अनुमान गर्न सकिन्छ ।
भारतका प्रधानमन्त्रीदेखि सुरक्षा सल्लाहकार, गृहमन्त्री, विदेशमन्त्री तथा अन्य नेताहरुसँग समेत दाहालले भेटवार्ता गरेका थिए । भेटमा दाहाल र उनीहरुबीच के कुरा गरे भन्ने सही तथ्य बाहिर नआएपनि प्रचण्डले आफ्नो भारत भ्रमणको प्रमुख उद्देश्य सरकारले अगाडि सारेको विकास योजनाको पक्षमा वातावरण बनाउन, नेपाल र भारतबीच भएका सम्झौता कार्यान्वयन तथा नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउनु रहेको र त्यस अनुसार नै आफूले कुरा गरेको बताएका छन् । तर प्रचण्डको भारत भ्रमण उनले दावी गरेको जस्तो नभएको धेरैको आशंका छ । सरकार र पार्टीको भावी नेतृत्वका लागि उनी वातावरण बनाउन भारत र चीन गएको राजनीतिक विश्लेषकहरुको टिप्पणी छ ।
प्रचण्डको चीन भ्रमण भने दाँतमा ढुंगा लागे झै भएको छ । पछिल्लो एक दशकमा एक दर्जन पटक जति चीन भ्रमणमा गएका नेकपाका अध्यक्षमध्येका एक पुष्पकमल दाहाल प्रचण्ड यस पटकको भ्रमणमा त्यहाँका राष्ट्रपतिसँग भेटवार्ता गर्न नपाइ फर्किएका छन् । चार दिने चीन भ्रमणमा राष्ट्रपति सी जिनपिङलाई भेट गर्ने वातावरण नमिलेपछि वेइजिङ नगई ग्वान्झाओबाटै स्वदेश फर्किए ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझोउले शनिबार राती ग्वान्झाओमा ‘क्याजुअल’ स्वागत गरेर प्रचण्डलाई उनको यो भ्रमण अनौपचारिक हुने संकेत दिएका थिए । चीननिकटस्थ एक विश्लेषकका अनुसार चिनियाँ कुटनीतिकमा ड्रेस, हाउभाउ धेरै अर्थपूर्ण हुन्छ । प्रचण्डले त्यो कूटनीति बुझेबुझेनन् त्यो उनैलाई थाहा होला । तर पनि राष्ट्रपति सीलाई भेट्ने प्रयास निकै गरे । प्रचण्डले चीनका उपराष्ट्रपति वाङ छिशानसँग दुई पटक भेटवार्ता गरे । बेइजिङ जाने र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट्ने कार्यक्रम नबनेपछि वाङसँगको भेटसँगै चीन भ्रमणलाई बीट मारेर फर्किए ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझोउले शनिबार राती ग्वान्झाओमा ‘क्याजुअल’ स्वागत गरेर प्रचण्डलाई उनको यो भ्रमण अनौपचारिक हुने संकेत दिएका थिए । चीननिकटस्थ एक विश्लेषकका अनुसार चिनियाँ कुटनीतिकमा ड्रेस, हाउभाउ धेरै अर्थपूर्ण हुन्छ । प्रचण्डले त्यो कूटनीति बुझेबुझेनन् त्यो उनैलाई थाहा होला । तर पनि राष्ट्रपति सीलाई भेट्ने प्रयास निकै गरे । प्रचण्डले चीनका उपराष्ट्रपति वाङ छिशानसँग दुई पटक भेटवार्ता गरे । बेइजिङ जाने र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट्ने कार्यक्रम नबनेपछि वाङसँगको भेटसँगै चीन भ्रमणलाई बीट मारेर फर्किए ।

एक दशकयता चीन ओहोर–दोहोर गर्ने क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा राष्ट्रपति सीसँग प्रचण्डले भेटवार्ता गर्न नपाएको संभवतः यो दोस्रो पटक हो । २०१० मा सांघाई वल्र्ड एक्स्पोको अवलोकनपछि सहकर्मी कृष्णबहादुर महरासँग हाइस्पिड रेलमा हान्जाओ हुँदै बेइजिङ पुगेका थिए । त्यसबेला प्रचण्ड प्रमुख विपक्षी दलका नेता थिए । तर चीनका तत्कालीन राष्ट्रपति हु जिन्ताओसँग भेटवार्ता गर्न पाएका थिएनन् ।
एमालेसँग माओवादी पार्टी मिलाएर नेकपाको अध्यक्ष बनेपछि प्रचण्डको यो पहिलो चीन भ्रमण थियो । प्रचण्डका निम्ति यो भ्रमण महत्वपूर्ण थियो ।
प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री मन्त्री राजनाथ सिंह र सुष्मा स्वराजसँग एक्लाएक्लै भेटवार्ता गरेका थिए । काठमाडौंमा ‘यही सरकारले पाँच वर्ष निरन्तरता पाउँछ’ भन्दै आएका प्रचण्डले दिल्ली पुगेर अध्यक्ष ओलीसँग ‘समान अवधी’ सरकारको नेतृत्व लिने सहमती भएको दावी गरेपछि नेकपाभित्र त्यसले ठुलै हलचल मच्चाएको छ । बालुवाटारमा बसेको नेकपाको सचिवालयको बैठकमा ‘मिडियाले आफ्नो भनाइ बंग्याएर प्रस्तुत गरेको’ स्पष्टिकरण प्रचण्डले दिएका थिए । तर वरिष्ठ नेता माधवकुमार नेपालले प्रचण्डलाई झुठो कुरा नबोल्ने चेतावनी दिँदै लाइभमा पत्रकारले वग्याउन नसक्ने बताउँदै आफूले लाइभ नै अन्तर्वार्ता सुनेको भन्दै कड्किएका थिए ।
बालुवाटार स्रोतहरूका अनुसार बैठकमा केही नबोलेर ओलीले यो विषय पन्छाउन खोजेपनि दिल्लीमा प्रचण्डलाई जुनस्तरको सम्मान दिइयो र प्रचण्डबाट जस्तो अभिव्यक्ति आयो त्यसप्रति उनी असन्तुष्ट छन् । बिम्स्टेक राष्ट्रहरूबीच भारतमा भएको संयुक्त सैन्य अभ्यासमा नेपाली सेना सहभागी नगराउने ओलीको निर्णय प्रचण्ड भारतमै भएका बेला हुनु र चीनसँग यातायात तथा पारवहन सम्झौता हुनुले प्रतिविम्वित गरेको छ ।
सीपीसीको अठारौं अधिवेशनबाट पार्टीको महासचिव र राष्ट्रपति बनेलगत्तै २०१३ को सुरुमै सीले केही प्रभावशाली र बेइजिङका निम्ति महत्वपूर्ण नेताहरूसँग भेटावार्ता गरेका थिए । ती एक थिए प्रचण्ड । त्यसयता पनि सी र प्रचण्डबीच पटक पटक भेटवार्ता भैसकेको छ । पहिलो पटक प्रधानमन्त्री हुँदा प्रचण्ड दिल्ली भन्दा पहिले बेइजिङ पुगेपछि बेइजिङले उनलाई निकट राखेको थियो तर प्रचण्डले काठमाडौं विमानस्थल ओर्लिने वित्तिकै यो त कार्यक्रमका लागि भएको भ्रमण हो । पहिलो भ्रमण त दिल्ली नै हुन्छ भन्ने अभिव्यक्ति दिएका थिए । यस पटक पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्षको हैसियतमा गरेको भ्रमणमा पहिला भारत र त्यसपछि चीन गए ।
स्रोतका अनुसार राष्ट्रपति सीसँग भेटवार्ता हुने अवस्थामा मात्रै चीन भ्रमणमा आउने सन्देश प्रचण्डले बेइजिङ पठाएका थिए । उताबाट पनि सकारात्मक जवाफ आएको थियो । तर राष्ट्रपति सी रुसमा रहेको थाहा पाएपछि प्रचण्डले तत्कालै चीन भ्रमणमा नआउने खबर पठाएका थिए । तर सी रुसबाट फर्केपछि भेटवार्ता मिलाइने भन्दै नानचिङको कार्यक्रममा वक्ता रहेकाले प्रचण्डलाई जसरी पनि आउन आग्रह गरिएपछि उनी चीन गएका थिए ।
पछिल्ला केही वर्षयता ओलीको अडान देखेपछि बेइजिङले प्रचण्डलाई भन्दा ओलीलाई पत्याउन थालेको छ । नेकपाका दुई अध्यक्षबीच शक्ति संघर्ष सुरु भैसकेको अवस्थामा प्रचण्डसँग राष्ट्रपति सीले नभेट्नु अर्थपूर्ण रहेको राजजनीतिज्ञ तथा कूटनीतिज्ञहरुको विश्लेषण छ ।