सरकारले प्राविधिक शिक्षालाई विशेष महत्व दिएको छ : मन्त्री पोखरेल

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सरकारले प्राविधिक शिक्षालाई विशेष महत्व दिएको बताएका छन् ।

खामतेल विकास मञ्चको दोस्रो अधिवेशनमा सोमबार काठमाडौंमा मन्त्री पोखरेलले खामतेल विकास मञ्चलाई पनि प्राविधिक र शिक्षा क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । खोटाङको खामतेलसँग आफ्नो निकट सम्बन्ध रहेको भन्दै त्यस ठाउँको नामबाट सामाजिक संस्था स्थापना गरी विभिन्न सामाजिक क्रियाकलाप गरीरहनु भएको सुन्न पाउँदा खुसी लागेको बताए ।

खामतेल विकास मञ्च खोटाङ जिल्लाको खाम्तेल भन्ने गाउँमा जन्मेर काठमाडौंमा विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरुको संस्था हो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य विशाल भट्टराई शिक्षा, स्वास्थ्य लगायतका सुविधाहरुबाट बञ्चित भएका कारण गाउँबाट बसाइ सरेर शहरतिर जानुपर्ने बाध्यता रहे पनि अब भने त्यस्तो हुन नहुने बताए ।

‘हिजो शिक्षा र स्वास्थ्य जस्ता अत्याआवस्यक सुविधा नपाएर मानिसहरु बसाइ सराइ गर्नु पर्ने बाध्यता थियो’ सांसद भट्टराईले भने, ‘यस्ता सुविधा अब गाउँगाउँमा पुग्दैछन्, सामान्य सुविधाकै कारण बसाइ सर्ने वातावरणको अन्त्य गरिनुपर्छ ।’