निर्मला पन्तको घटनाबारे उच्चतरिय छानविन समितिले प्रतिवेदन बुझायो

काठमाडौं –  निर्मला पन्तको हत्याबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन बुझाएको छ । सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको समितिले सोमबार गृहमन्त्री रामबहादुर थापा बादललाई प्रतिवेदन बुझाएको हो ।

समितिका संयोजक सह सचिव हरि मैनाली सहितको समितिको चार सदस्यीय टोलीले एक महिना लामो अनुसन्धानपछि गृहमन्त्रलायमा पुगेर गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको हो।

उक्त समितले बुझाएको प्रतिवेदनमा प्रहरीको अनुसन्धानमा गल्ती र लापरबाही देखिएको बताएको छ । समितिले अहिलेसम्म गरेको छानबिनमा घटना के भएको थियो एसपी विष्टको नेतृत्वले गरेको अनुसन्धानमा के कमजोरी थियो प्रहरीको अनुसन्धान कस्तो देखियो लगायतका कुराहरु समेटीएको बताइएको छ ।