मन्त्री ज्ञवालीले भारतीय विदेश मन्त्रि सुषमा स्वराजसँग भेटवार्ता गरे
न्यूयोर्क – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भारतीय विदेश मन्त्रि सुषमा स्वराजसँग भेटवार्ता गरेका छन्।
संयुक्त राष्ट्रसङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन दुवै मुलुकका परराष्ट्रमन्त्री यहाँ आइपुगेका हुन्। उक्त अवसरमा दुईपक्षीय हित तथा चासोका विषयमा छलफल भएको थियो।
छलफलमा यसअघि दुवै मुलुकबीच भएका सम्झौताअनुसार सञ्चालन भएका विकास परियोजनालाई थप गति दिने सहमति भएको परराष्ट्र जानकारी गरायो ।