बालिकालाई बलात्कार गरेको आरोपमा बालक पक्राउ
पर्वत – पर्वमा ७ बर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा १० बर्षिय बालकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले पर्वतको जलजला गाउँपालिकाबाट असोज २ गते १० बर्षिय बालकलाई पक्राउ गरेको हो । अभिभावकले दिएको उजुरीका आधारमा प्रहरीले सोही दिन साँझ पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ ।
प्रहरीले जबर्जस्ती करणीको महल बमोजिम मुद्धा उजुरीका आधारमा दर्ता गरी पर्वत जिल्ला अदालतबाट म्याद थपि अनुसन्धान अघि बढिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । प्रहरीले बालकलाई अभिभावकको संरक्षणमा निगरानीमा रहने गरी घर पठाएको छ ।