दसैंमा आईएमईको २० लाख योजना
काठमाडौं । आईएमईले दसैँमा २० लाख रुपैयाँ नामक योजना सार्वजनिक गरेको छ । कम्पनीलेदसैँ, दीपावली र छठलाई लक्षित गर्दै सेवाग्राहीमुखी प्रवद्र्धनात्मक कार्यक्रम ‘दसैँमा २०लाखयोजना सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार यो योजना असोज ७ गते आइतबारबाट सुरु भई २०७५ साल मङ्सिर मसान्तसम्म लागूहुनेछ । योजना अवधिमा विदेश तथा स्वदेशबाट आईएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुन सक्नेछन् । स्थापनाकालदेखि नै विभिन्न सेवाग्राहीमुखी र व्यावसायिक साझेदारमुखी योजना सार्वजनिक गर्दै आइरहेको आईएमईले यस वर्षकापर्वहरूमा देश विदेशमा रहनुभएका लाखौँ सेवाग्राहीहरूलाई लक्षित गरी यो प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको हो ।
योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आईएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरी‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरुमध्ये हरेक दिन १० जना भाग्यशाली सेवाग्राहीलाई‘आईएमई पे’मार्फत एक हजार रुपैयाँको बिल भुक्तानी, हरेक हप्ता एक जनाभाग्यशाली सेवाग्राहीलाई १० हजार रुपैयाँ बराबरको नगद, हरेक महिना एक जना भाग्यशाली सेवाग्राहीलाई एक लाख लाख नगद तथा बम्परमा एक जना भाग्यशाली सेवाग्राहीलाई २०लाख रुपैयाँ नगद प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।
‘लक्कीड्र’बाट छानिएका विजेता सेवाग्राहीहरूको सिफारिसबमोजिम नेपालमा बस्नुहुने आफन्तलाई समेत पुरस्कार प्रदान गरिनेछ । सेवाग्राहीले आईएमईको जुनसुकै एजेन्ट सञ्जालमार्फत रेमिट्यान्स कारोबार गरेको भौचरको सक्कल कपी योजना अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । आईएमईमा कार्यरत कर्मचारी, संस्थापक, एजेन्ट सञ्चालक तथा आईएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउने छैंनन्।विजेताले प्राप्त गर्ने पुरस्कार राशीमा नेपाल सरकारको नियमानुसार लाग्ने करकट्टी गरिनेछ । योजनाको सर्वाधिकार यस कम्पनीमा निहीत हुनेछ ।
स्थापनाकालदेखिनै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व कम्पनीले सेवा शुभारम्भको १८ औ वर्षसम्ममा नेपालका सहरीतथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी एक सय८१ आईएमई सेन्टरसहित ७७जिल्लाका आठ हजार पाँच सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फतविदेशमा कार्यरत नेपालीहरुले दःुख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षितत वरबाट वितरण गर्दै आइरहेको छ ।