सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन
काठमाडौं – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई कारबाही गर्न माग गर्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन भएको छ।
बलात्कारविरूद्धको रोष र निर्मलाका निम्ति न्यायका अभियन्ताले बिहीबार बिहान ११ बजे निषेधित क्षेत्र घोषणा गरिएको सो ठाउँमा धर्ना र दिएका हुन्।
उनीहरूले गृहमन्त्रीको राजीनामा माग्दै प्रहरी महानिरीक्षक विदामा बसेर निर्मलाका हत्यारा पत्ता लगाउनुपर्ने नारा लगाइरहेका छन्।