इस्कुस बिक्री गरेर घरखर्च धान्दै

गाईघाट– उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाको रौता, सल्ले तथा त्रियुगा नगरपालिका–१४ साउने खाँबु पहाडी क्षेत्रका कृषकले अहिले आफूहरुले उत्पादन गरेको इस्कुस, करेला बिक्री गरेर राम्रो आर्थिक आम्दानी लिन शुरु गरेका छन् ।

भदौको पहिले हप्ता लागेसँगै आफूले उत्पादन गरेको इस्कुस बिक्री गर्न शुरु गरेका खाँबुका स्थानीयवासीले एक महिनाभित्रै रु ६० हजार बराबरको इस्कुस बिक्री गरिसकेका छन ।

त्रियुगा नगरपालिका–१४ साउनेका कृषकले पनि भदौको दोस्रो हप्तादेखि उत्पादित ्इस्कुस बिक्री गरेर अहिलेसम्ममा रु ४० हजार बराबरको इस्कुस बिक्री गरिसकेका छन ।

कृषकहरु भन्छन, दशैँं तिहार जस्तो चाड नजिकै आउँदै छ, यही इस्कुस बिक्री गरेर आफूहरुले दशैँंैं खर्च व्यवस्थापन गर्नुपर्ने र घरका नानीहरुका लागि केही पढाइ खर्च धान्नुपर्ने बाध्यता रहेको छ, इस्कुस उत्पादनसँगै अहिले बिक्री शुरु भएर राम्रो आम्दानी हुन थालेका कारण दशैँं खर्च र नानीको पढाइ खर्च धान्ने योजनामा छन ।

वर्षेनी इस्कुस उत्पादनबाट राम्रो आर्थिक आम्दानी गरेर घरखर्च धान्दै आएका यस क्षेत्रका कृषकले यसपटक पनि दशैँं नजिकै आउन लागेसँगै इस्कुस बिक्री पनि बढ्दै गएका कारण बिक्रीबाट दशैँं तिहारको खर्च धान्ने पक्षमा आफूहरु रहेको इस्कुुस उत्पादक कृषक बताउछन ।

यसक्षेत्रको भौगोलिक बनावट नै पाखा भिरालो जग्गा रहेको र अन्य अन्नबाली धेरै उत्पादन नभए पनि जिल्लाको रौता क्षेत्र, साउने खाँबु क्षेत्र परिचित हुँदै आएको छ ।

यहाँ उत्पादन हुने इस्कुस अहिले जिल्लाको सदरमुकाम गाईघाट हुँदै सिरहाको लहान, सप्तरीको राजविराज, सिरहा बजारसम्म पैठारी हुने छ ।