चिनीको अभाव भन्ने हल्ला निराधार
काठमाडौँ – बजारमा चिनीको अभाव छ भन्ने हल्ला निराधार हो ।”बजारमा कहीँ कतै चिनीको अभाव छैन ।” उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले दशैँको मुखमा बजारमा चिनीको अभाव नभएको प्रस्ट गर्नुभएको छ । आज आयोजित साक्षात्कारमा मन्त्री यादवले थप्नुभयो ।
मन्त्री यादवले आर्थिक वर्ष २०७४÷७५ मा दुई लाख ३५ हजार मेट्रिक टन चिनी बजारमा रहेको उल्लेख गर्नुभयो ।नेपालमा हाल एक लाख ८० हजार मेट्रिक टन चिनी उत्पादन भएको र बजारको आवश्यकता दुई लाख ३० हजार मेट्रिक टन रहेको जानकारी दिँदै ५० हजार मेट्रिक टन बाहिरबाट खरीद गर्नुपर्ने अवस्था रहेको मन्त्री यादवले बताउनुभयो ।नेपाली उत्पादनको सुरक्षा गर्नुपर्नेमा जोड दिँदै उत्पादन लागत र किसानको मिहिनेतका आधारमा नेपाली चिनी प्रतिकेजी रु ५९ मा बिक्री गर्न सक्ने अवस्था नरहेको बताउनुभयो ।