प्रेस युनियन पाल्पाको पहिलो बैंठकले के गर्यो निर्णय ?

पाल्पा÷ नेपाल प्रेस युनियन पाल्पा शाखाको पहिलो बैंठक तानसेनमा भएको छ । युनियनको आठौं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैंठक मंगलबार भएको हो । बैंठकमा संगठनलाई मजबुद र पारदर्शी बनाउनु पर्नेमा सहभागीहरुले जोड दिएका छन् । युनियनले कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार गरी हत्या भएको ६८ दिन बित्दा समेत हत्यारा पत्ता लाग्न नसकेकाले सत्य तथ्यसहित दोषी शिघ्र पत्ता लगाई कारवाही गर्न सरकार समक्ष अपिल गरेको छ ।
बैंठकले गरिमा विकास बैंक तानसेन शाखाबाट सभापति भरत शर्मा, सचिव माधव अर्याल र कोषाध्यक्ष मुक्तिप्रसाद न्यौपानेको संयुक्त हस्ताक्षरबाट कारोबार सञ्चालन हुँदै आएको र युनियनको आठौं अधिवेशनबाट नयाँ नेतृत्व चयन पछि सभापति भरत शर्माको अनिवार्य र सचिव रामचन्द्र रायमाझी, कोषाध्यक्ष विष्णुप्रसाद खनाल मध्ये कुनै एकको संयुक्त हस्ताक्षरबाट कारोबार सञ्चालन गर्ने, युनियनबाट प्रकाशित हुँदै आएको श्रमजीवी बुलेटीनलाई निरन्तरता दिन युनियनका सस्थापक सभापति झपेन्द्र गहिरे संरक्षक, प्रधान सम्पादक उपसभापति पुस्करराज रेग्मी, सम्पादक मण्डल तर्फ महिला उपाध्यक्ष मन गहिरे, रामचन्द्र रायमाझी, विष्णुप्रसाद खनाल, सरस्वती दंगाल, इमानसिं राना, सल्लाहकार सभापति भरत शर्मा, जगदीश भट्टराई, कविराज नेपाल, प्रकाश नेपाल, माधव अर्याल, शंकर भण्डारी र मुक्तिप्रसाद न्यौपानेलाई जिम्मा दिने निर्णय गरेको छ ।
त्यस्तै बैंठकले पे्रस सल्लाहकार नियुक्त गरी जिल्लाका स्थानीय तहहरुलाई पारदर्शी र सुचनामैत्री बनाउन राजनैतिक दल, स्थानीय तहका प्रमुख समक्ष अनुरोध गर्ने समेत निर्णय गरेको युनियनले जनाएको छ । बैंठक युनियनका सभापति भरत शर्माको सभापतित्व, स्वागत महिला उपाध्यक्ष मन गहिरे, धन्यवाद उपसभापति पुस्करराज रेग्मी र सञ्चालन सचिव रामचन्द्र रायमाझीले गरेका थिए ।