सरकारले पत्रकारहरुको न्यनूतम् पारिश्रमिक २५ प्रतिशत बढाउने निर्णय
काठमाडौं- सरकारले पत्रकारहरुको न्यनूतम् पारिश्रमिक २५ प्रतिशत बढाउने निर्णय गरेको छ।
सिंहदरबारमा आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले पत्रकारहरुको न्यूनतम् पारिश्रमिक २५ प्रतिशतले बढाउने निर्णय गरेको हो ।
यसैगरी गोरखापत्र संस्थानको अध्यक्षमा कृष्णमुरारी भण्डारीलाई नियुक्त गर्ने निर्णय समेत गरिएको छ ।