सशस्त्र प्रहरी नै क्रिश्चियन धर्मका नेता
यस्तो छ धर्म परिवर्तनको भ्रम
बुटवल । ‘म सशस्त्र प्रहरीको जागिर गर्दै छु । मेरो जागिर १५ पुरा भई १६ वर्षमा टेक्दै छ । म प्रभु यशुख्रिष्टको प्रदेश दुत हुँ । म र मेरी श्रीमतिले तनहु र लम्जुङ्गमा प्रभुको प्रचार गर्दै आएका छौं । झण्डै ३ सय जना सहभागि कार्यक्रम हलमा आफुलाई बुद्ध गुरुङ्ग नाम र सशस्त्र प्रहरीको जागिरे बताउने ब्यक्तिले प्रभु यशुख्रिष्टको यसरी प्रचार मुलक भाषण गरे ।
केश कटिङ्ग देखि जिउडाल र लवाज समेत प्रहरी वा सेनाको मान्छे भनेर अनुमान गर्न सकिने उनले यसरी प्रचार गरे की मानिसको जिवनमा आउने सवै खाले परिवर्तन उनै प्रभुको बिश्वास गरेर मात्र सम्भव छ । मंगलबार विहान देखि गुल्मीको सदरमुकाम तम्घासको ईन्दे्रणी पार्टी प्यालेसको सभा हल भित्रको कुरा हो यो । पोखरा, बुटवल, स्याङ्गजा, अर्घाखाँची सम्मबाट आफुलाई प्रभु यशुख्रिष्टको प्रचार गर्ने लिडर बताउनेहरु मध्ये उनै गुरुङ्गलाई बोल्ने समय दिईयो । उनै नेपाल सशस्त्र प्रहरीकै मान्छे हुँ भन्नेले प्रभुको चमत्कार बारे चर्चा गरे पछि सहभागि बालक देखि बृद्ध सम्म बिश्वासयुक्त मुद्रामा ध्यान पुर्वक सुनिरहेका थिए ।
अलि बुझ्नेलाई भने उनि सशस्त्र प्रहरीका वहालवाला जागिरे हुन् भने कसरी क्रिश्चियन धर्म प्रचारक र त्यो पनि प्रदेश दुत हुन सके ? कि उनले सोझा साझीलाई बिश्वास दिलाउन सशस्त्र प्रहरीको हवला दिदै भ्रममा पारिरहेका त हैनन ? यस्तो सवाल मनमा खेलाउनेहरु पनि थिए ।
उनले प्रभुको बिश्वास गर्न लागे पछि आफुमा आएको परिवतर्नको यसरी बखान गर्छन्–‘ म यसमा लागेको चार बर्ष भयो । गत चैत्र महिनामा हामीले यस धर्मको तीन महिने लिडरशिप तालिम पोखरामा लिएका थियौ । त्यस पछि म प्रदेश दुत भएको हुँ । प्रभुको बिश्वास नगर्नु अघि सम्म म विरामी हुने, दुव्लाउने, पायल्स जस्ता जटिल रोगबाट ग्रसित थिएँ । मादक पदार्थ पिएर श्रीमति संग दिनहुँ झगडा हुन्थ्यो । अहिले म एक मुठी बियर पनि पिउँदीन । श्रीमति संग कहिल्यै झगडा पनि हुन छाड्यो । मेरो त्यो विमार पनि अहिले औषधी उपचार नै नगरी आफै निको भएर यस्तो फुर्तिलो छु । प्रभु यशुलाई लाख लाख धन्यवाद…’ उनको प्रशिक्षणको जिम्मा लागुऔषधका दुव्र्यसनी विरुद्ध मानिसहरुलाई त्यस धर्ममा आकर्षित गर्ने रहेको बुझियो ।
प्रभुको बिश्वास गर्दा यस्तो छ जादुको छडी
उनि जस्ता सहभागि दर्जनौ नेता स्तर मध्ये प्रभुको बिश्वास गरे देखि कसैले बर्षौं अघि देखि बेपत्ता भएको छोरा प्रभुको बिश्वास लिएको एक हप्तामै भेटिएको बताउँदै थिए । मानौ कि प्रभुको बिश्वास यस्तो जादुको छडी हो की क्यान्सर, मुटु रोग, मेरुदण्ड निको हुने निःसन्तानलाई सन्तान समेत हुने र अन्य समस्या समेत स्वतः समाधान हुने जादुई छडी ।
कसैले मेरुदण्ड नचल्ने भएर थला परेको र प्रभुको बिश्वास लिना साथ फुर्तिलो भएको । कसैले पाठे घरमा क्यान्सर भएको डाक्टरले अप्रेशन गर्नु पर्ने झन्झट दिए पछि आफु प्रभुको बिश्वास गर्न गए पछि आफै निको भएको । कसैले खुट्टा नै नचल्ने गरेको जब प्रभुको बिश्वास गर्ना साथ अहिले भारी बोकेर हिड्न सक्ने बनेको ।
कसैले किड्नीको विमार आफै निको भएको बताए । कुनै महिलाले आफ्नो श्रीमान सधै बिरामी पर्ने गरेको, डाक्टरकहाँ लगेर हैरानी परे पछि प्रभुको बिश्वासमा लागे पछि आफै निको भई अहिले सुखद दाम्पत्य जिवन बिताएको बताउँदै थिए । एक जनाले आफु विगतमा विल्लीबाँठ भएको, विहान बेलुकाको गुजारा समेत चलाउन सक्ने अवस्था नभए पछि प्रभुको शरणमा पर्ना साथ छोराहरु लण्डन, कोही अमेरिकाको भिषा आई अहिले सम्पन्न र शुखी जिवन ब्यतित गरेको बताउँदै थिए ।
विज्ञानलाई ठाडो चुनौती
कार्यक्रमका सबै त्यस धार्मिक प्रचारक नेताहरुले मेडिकल विज्ञानलाई ठाडै चुनौती मात्र दिएनन, उपहास समेत गरिरहेका थिए । पोखराबाट त्यस धर्मकी प्रमुख प्रचारक मध्येकी ज्ञानु दिदीले बर्तमान अवस्थामा चेली बेटीको बलात्कार घटना घट्नुमा सांसारिक अर्थात हिन्दु धर्मलाई दोषारोपण गर्दै थिईन् । हेर्नुन, संसारिक दुनियाँमा यति बेला देशैभर साना नानीहरु समेत बलात्कारको शिकार भई रहेका छन्, यता हाम्रो स्वर्गमा बिश्वास गर्नेहरु मध्ये एउटी वालिकाको गवाही म यहाँ सुनाउन चाहन्छु ।
उनले थपिन्–‘एक दिन बाटोमा एउटी बालिका बलात्कारको शिकार हुँदै गरेको बेला उनका दाजुले च्याप्प समातेर बलात्कारीबाट बहिनी छुटाउन सफल भएछन् । त्यस पछि उनका दाजुले यस्तो गवाही यसरी दिदै थिए–‘धन्न प्रभुको बिश्वास गरेको थिएँ र बहिनी बचाउन सफल भएँ ।’ उनिहरुको सवै कुराहरु प्रति बिश्वास ग्रहण गर्दै सोझा साझी महिलाहरु लिन भई रहेका थिए । उनिहरुको शब्दै पिछे परर्र तालीको गडगडाहट थियो । असफलताबाट सफलताको कुरा सुनाउना साथ ताली हान्न मञ्चबाट संकेत हुन्थ्यो ।
घोकाएको कुरा विराउनेहरुलाई सिकाउ“दै
तम्घास अर्घाखाँचीका केहि दलित र जनजाती महिला पुरुषहरु मञ्चमा पुगेर परिचय दिन समेत नसक्ने खालका थिए । त्यसका बाबजुद पनि प्रभुका बारेमा बोल्न केहि दिन यता घोकाउँदै आएको स्पष्ट बुभ्m्न सकिन्थ्यो । त्यस्ता कुरा बोल्न कोखैमा बसेकी प्रचारक महिला दुर्गा लामिछाने नाम बताउनेले सिकाउँदै थिईन् । बिराएको खण्डमा मायालु पाराले हल्का हिर्काउँदै र सामान्य झपार्दै थिईन् । ‘भिडियो खिच्नेहरुले प्रष्टै सुन्न सकिन्थ्यो कि उनले कानेखुसी गर्दै सिकाएको कुरा । भन्दै थिईन्–‘ पहिला यस्तो बिमार थियो । अहिले सबै ठिक भयो, प्रभुलाई लाख लाख धन्यबाद् भन्नु के, कस्तो बिर्सेको हो ।’
६ महिना देखि सरोकारवालाले सुईको पाएनन्
स्याङ्गजा घर भई त्यस धर्म प्रचारमा पोखरा बाट गुल्मीमा गत ६ महिना देखि परिचालित उनि तम्घासको एक डेरामा बसेर खुल्लम खुल्ला संविधानको धज्जी उडाउँदै धर्म प्रचारमा लाग्दै आएकी छन् । तम्घासको महंङ्गो कोठा र सटर भाडामा लिएर उनी, उनका छोरा लगायत केहि समुह नै प्रचारमा सक्रिय छन् । उनिहरुले गुल्मी र अर्घाखाँचीलाई कार्य क्षेत्र बनाएका छन् ।
कार्यक्रममा सहभागीहरु अधिकांस दलित र गरिव देखिन्थे । अगुवाहरु समाजमा चिनिएका केहि दलित र जनजाती नेताहरु थिए । केहि किशोरीहरुलाई निकै आकर्षक पहिरनमा चिटिक्क सिंगारेर कार्यक्रमको शोभा बढाईएको थियो । सभाहलको बातावरण नाचगान सहित बसी रहुँ लाग्थ्यो । उक्त पार्टी प्यालेस यति बेला गुल्मीको हकमा काठमाण्डौको सोल्टी होटल जस्तै महँङ्गो मानिन्छ ।
निकै महङ्गो हल भाडा लिएर आयोजना गरिएको त्यस कार्यक्रमकी मुख्य प्रचारक मध्ये ज्ञानु दिदीको लबाई खुवाई ‘हाईप्रोफाईल लेवल’ को लाग्यो, –एक सहभागिले भन्दै थिए । उनले बाँधेको घडी हिराजडित जस्तै देखिन्थ्यो । त्यसको ज्योति बेला बेलामा आँखामा टल्कीन्थ्यो । उनले लगाएका झुम्काको टलक पनि हिराजडित हो कि भनेर अनुमान गर्न सकिन्थ्यो ।
उनले सुरुमा कुनै राजनैतिक दल, कुनै धर्ममा आकर्षित गर्न आफुहरुले यस्तो कार्यक्रम नराखेको कुरा सुरुमा भने पछि वचन खुवाउँदै प्रभुको बिश्वास गर्न बाँचुञ्जेल छाड्न नहुनेमा प्रतिबद्ध गराउँदै थिईन् । अर्का धर्म गुरुले पनि सोही कुरामा जोड दिदै थिए ।
कसैलाई दशै आए जस्तो थियो
काठमाण्डाबाट चार पाँच जनाको टिम केहि दिन यता त्यसै पार्टी प्यालेसको अट्याच बाथरुम सहित उच्च सुविधा सम्पन्न कोठा लिएर तयारीका लागि बसेको सुनाईयो । कार्यक्रमको स्वयं सेवकका रुपमा यता उता गरिरहेकाहरु पालैपालो करिव २० जनाको समुहले मासु– भात सहितको स्तरिय खाना खाँदै थिए । त्यस पछिको खाजा नास्ता गरिव परिवारका लागि मिठो मुख लगाउने दशै चाड आए जस्तो थियो । दलित समुदाय उतार्नका लागि बढि मात्रामा तम्घास भुजेलखर्क लक्षित गरिएको देखियो । सहभागि महिला मध्ये कतिपय घरायसी तनाव सहँदै आएका, कसैका सन्तान नभएका, कसैले उपचार पाउन नसकेका, कसैले समाजको उत्पीडन सहेका, कोही छुवाछुत विभेद र अन्य अन्याय अत्याचारबाट आजित भएका र एकाध आर्थिक उपार्जनमा उच्च महत्वकांक्षि हुन् कि जस्ता पनि देखिन्थे ।
तर काम लागेन जादुई छडी
जस्तोसुकै जटिल समस्या पनि प्रभुको बिश्वास गरे समधान हुने, जिवनका सफलताहरुले आफै पछ्याउने, जस्तोसुकै जटिल बिमार पनि स्वतः निको हुने प्रचार प्रसार ब्यापक रुपमा गरिदै आएको थियो । त्यो थाहा पाउनासाथ अर्घाखाँचीको छत्रदेव गाउँपालिका –५, उल्का नाच्नेचौर स्थित सुकुम्वासी र हरेक अभावले विक्षिप्त बनेकी ५५ बर्षिया बाटुला देवि दमैलाई त्यो कुरा सच्चा ईश्वरको वरदान जस्तै लाग्यो । अन्ततः त्यहाँका केहि महिलाहरुको सहारामा उनि तम्घास पुतली बजारको उनिहरु बस्ने घरमा शरण पर्न आईन् ।
उनि पाठेघर र ब्लड प्रेसर विमारको औषधी खाई रहेकी थिईन् । प्रभुका अनुयायीहरुले त्यो औषधी खान छाड्नुस्, प्रभुको विश्वास लिदै प्रार्थनामा जुट्नुस्, प्रभुको कृपाले आफै निको हुन्छ भन्ने सुझाव दिए । उनले एक महिना जति औषधी खान छाडेर प्रभुको प्रार्थनामा लागिन् । अन्ततः उनको मृत्यु भयो । उनका छिमेकी अर्घातोषका सञ्चारकर्मी तथा हिन्दु जागरण नेपालका केन्द्रिय सदस्य दिपेन्द्र श्रेष्ठले त्यो भ्रम हो, अकालमा ज्यान जाला, बरु औषधी उपचार गर्ने पैसा छैन भने हामी गाउँवासीले उठाउँला भनेर सुझाए ।
तर उनि त्यस धर्ममा लिन भई सकेकी थिईन् । उनले मानिनन् । श्रेष्ठ भन्छन् त्यसको केहि दिन नबित्दै उनको मृत्यु भयो । मैले उनका छोरा बाबुलाललाई त्यस विरुद्ध मुद्धा हाल भनें । तर उनि म गरिव छु, केहि जान्दा पनि जान्दिन भनेर डराए ।
श्रेष्ठका अनुसार पहिलो चोटी अर्घाखाँची तर्फ गएर फर्केका उनिहरु दोश्रो पटक बृहत कार्यक्रम गर्न त्यसै अर्घाखाँचीमा जाँदै थिए । श्रेष्ठ लगायतका युवाहरुले अवरोध गरे पछि उनिहरु कार्यक्रम नगरी फर्केका थिए । बिश्व हिन्दु महासंघ गुल्मीका अध्यक्ष सुरेशचन्द्र भुसालले जातिय विभेदको असमानतालाई तिलको पहाड बनाउँदै बिशेष गरी दलित समुदायलाई धर्म परिवर्तनको निशाना क्रिश्चियनहरुले गराउने गरेको आरोप लगाए ।
‘धर्म परिवर्तनका लागि डलरको खेती भई रहेको छ । केहि मानिसहरुलाई पैसा बाँडेर होल टाईमर बनाईएको छ, केहि माओवादी र कांग्रेसका मित्रहरु समेत पैसा खाएर भ्रम छरिरहेका छन्’–उनले यस्तो आरोप लगाउँदै भने–‘ धर्मको प्रचार गर्न जुन कुनै धर्मावलम्वीहरुले आफ्नो समुदायहरु भित्र पाईएला तर नचाहिदो भ्रम छर्ने काम भने रोकिनु पर्दछ ।’ उनले थपे–‘ भेटीका नाममा उनिहरुले पैसा समेत असुल्दै आएका छन् ।
जिल्लामा क्रियाशिल क्रिश्चियनहरुले भने स्वभाविक र सबै धर्मावलम्वीहरुसंग सद्भावपुर्ण ढंगले प्रचार प्रसार र धार्मिक कार्यक्रमहरु गर्दै आएका छन् । यहाँका मुस्लीम समुदाय र हिन्दु समुदाय पनि समाजमा असाध्यै मिलेर बस्दै आएका छन् । पछिल्ला यी समुहको प्रचार प्रसार अस्वाभाविक र रणनीति फरक लागेको सरोकारवालाको ठम्याई छ ।
पक्राउ परे क्रश्चियन धर्म प्रचारक प्रहरी हवल्दार गुरुङ्ग
सशस्त्र प्रहरी हवल्दार नै गुल्मीमा क्रिश्चियन धर्म प्रचारको प्रदेश दुत रहेको समाचारका बिषयमा हामीले सम्बन्धित निकाय संग खोजीनीति गर्नासाथ गुल्मीको क्रिश्चियन धर्म प्रचारक बनेका सशस्त्र प्रहरी बलका ती प्रहरी हवल्दार दिलिपबहादुर गुरुङ्ग पक्राउ परेका छन् । गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालको समन्वयमा उनि पाल्पा जिल्ला प्रहरी कार्यालयद्धारा पाल्पाको क्राउन होटलबाट गए राती नै पक्राउ परेका हुन् ।
सशस्त्र प्रहरी गुल्मी, गुल्मीका प्रहरी प्रमुख डिएसपी दिनेशबहादुर रायमाझीले पाल्पाका सोही प्रहरी संगठनका प्रमुख डिएसपी ईश्वरीप्रसाद खनाल संग पनि समन्वय गरेका थिए । अन्ततः ती सशस्त्र प्रहरीका हवल्दार गुरुङ्ग तनहु जिल्लामा कार्यरत रहेको पुष्टि भएको हो । उनको जागिर १६ बर्षमा टेकेको रहेछ ।
पाल्पाका जिल्ला प्रहरी प्रमुख एसपी बिश्वमणी पोखरेल भन्छन्–‘ यहाँका सिडियो सावको निर्देशन र सशस्त्र प्रहरी कार्यालयका प्रमुखको आग्रहमा निजलाई समातेर हिरासतमा लिएका छौं, हामीले कार्वाही गर्न मिल्दैन, सशस्त्र प्रहरीलाई बुझाउँछौं, उहाँहरुले नै विभागिय कार्वाही गर्दै हुनुहुन्छ पाल्पाका सशस्त्र प्रहरी प्रमुख ईश्वरीप्रसाद खनाललाई जानकारी दिए । अन्ततः ती सशस्त्र प्रहरीका ब्यक्ति उर्फ क्रिश्चियन धर्म प्रचारकलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले सोही क्राउन होटलबाट गएराती नै पक्राउ गरी हिरासतमा लिएको छ ।
पाल्पाका जिल्ला प्रहरी प्रमुख एसपी बिश्वमणी पोखरेल भन्छन्–‘ यहाँका सिडियो सावको निर्देशन र सशस्त्र प्रहरी कार्यालयका प्रमुखको आग्रहमा निजलाई समातेर हिरासतमा लिएका छौं, हामीले कार्वाही गर्न मिल्दैन, सशस्त्र प्रहरीलाई बुझउँछौं, उहाँहरुले नै विभागिय कार्वाही गर्दै हुनुहुन्छ ।
गुल्मीबाट हिडी सकेका उनिहरुलाई समात्नका लागि पाल्पाको हार्थोक सम्म सशस्त्र प्रहरी यहाँबाट परिचालन गरे । उनिहरु पाल्पा तानसेनको हकमा काठमाण्डौको महङ्गो सोल्टी होटल जस्तै क्राउन होटलमा पुगेर बसेको सुचना गुल्मीका सिडियो पौड्याल कहाँ पुराईयो । त्यहाँबाट सिडियोले पाल्पाका सिडियो मनोहर प्रसाद खनाललाई सुचित गरेका थिए ।