नेविसंघको विधान बहुमतले पास ; शिर्ष नेताको आपत्ति

काठमाडौं- नेपाली कांग्रेसका चार शीर्ष नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह र अर्जुन नरसिंह केसीले आइबारको कांग्रेसको बैठकमा नेपाल विद्यार्थी संघको विधानलाई बहुमतको आधारमा पारित गरेको भन्दै आपत्ति जनाएका छन्।

चार नेताले विज्ञप्ती निकाल्दै आम विद्यार्थीको भावना विपरित भएको भन्दै आपत्ति जनाएका हुन्।

नेपाल विद्यार्थी संघको केन्द्रीय समितिको बैठकले सर्वसम्मत रुपमा उमेर हद हटाउने निर्णय गर्दै पार्टी केन्द्रिय समितिलाई विधान पारित गर्नका लागि भदौ अन्तिम साता निर्णय पठाएको थियो।

कांग्रेसका नेता अर्जुन नरसिंह केसीले देउवा समूहले यो निर्णय गरेर लोकतान्त्रिक पद्धती प्रतिनै गम्भिर आघात पुर्‍र्याएको बताए।

तर पार्टीले कुनै पनि निर्णय गर्न नसक्दा महाधिवेशन नै अनिश्चित बनेको छ। नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको कार्यकाल भदौ २ गते नै सकिएको र मंसिर २ गते सम्म १२ औं महाधिवेशन नगरे नेपाल विद्यार्थी संघ स्वतः विघटन हुने छ।