स्याङ्जा र पाल्पामा अरिङ्गालले टोक्दा चार घाइते
स्याङ्जा- आइतबार साँझ एक्कासी चलेको हावाहुरीका कारण रुखमा रहेको अरिङ्गालको गोलोमा असर पुग्दा विच्किएको अरिङ्गालले टोक्दा दुई महिला घाइते भएकी छन्।
वालिङ नगरपालिका–१ त्रियासीका ४५ वर्षीया बिना रेग्मी र २२ वर्षीया बिमला काफ्ले घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाए।
यसैगरी गल्याङ नगरपालिका–६ पिडीखोला १७ वर्षीया मुन्ना रेश्मी र २० वर्षीया मायाँ डिसा घाँस काट्न जाने क्रममा अरिङ्गालले टोक्दा घाइते भएकी छिन्। उनीहरुको पाल्पा स्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
चारै जना घाइतेहरुको शरीर र टाउको विभिन्न भागमा करिब १४/१५ वटा अरिङ्गालले टोकेको पाइएको प्रहरीले बताएको छ।