दशैं आयो तर तीन महिनादेखिको तलव आएन
कालिकोटः कर्णाली प्रदेश मातहतमा रहेको सरकारी कर्मचारीहरूले तीन महिनदेखिको तलब पाएका छैनन्।
लब कसले खुवाउने भन्ने विषय टुङ्गो नलाग्दा प्रदेश मातहतमा रहेका कर्मचारीको ततलब नपाएका हुन्।
प्रदेश सरकार मातहत स्थापना भएका अस्पताल, खानेपानी, पशु सेवा विज्ञ, कृषि ज्ञान केन्द्र, प्राविधिक लगायतका कर्मचारीले तलब पाएका छैनन्। प्रदेश सरकार अन्तर्गत रहेका सरकारी कार्यालयका कर्मचारीले तलब नपाएको गुनासो गरेका छन्।
प्रदेश सरकार मातहत स्थापना भएका पशु सेवा केन्द्र, अस्पताल, जिल्ला खानेपानी कार्यालय लगायतका कार्यालयका कर्मचारीले तलब नपाएको बताएका छन्।
दसैँको मुखमा तलब कहिले कसरी पाउने हो कर्मचारीको चिन्ता छ । प्रदेश सरकारले तलब खुवाउनेबारे टुङ्गो नै लगाएको छैन।