आजदेखि उपत्यकामा खसीबोका तथा च्यांग्राको बिक्री वितरण सुरु
काठमाडौं- सरकारले शुक्रबारदेखि काठमाडौं उपत्यकामा खसीबोका तथा च्यांग्राको बिक्री वितरण सुरु गरेको छ ।
नेपाल खाद्य संस्थानको थापाथलीस्थित धान गोदामबाट ती खसी, बोका तथा च्यांग्राको बिक्री वितरण सुरु गरेको हो ।
बिक्रिकालागि बिहीबार साँझसम्म १८० खसी बोका तथा ४०० च्यांग्रा काठमाडौं ल्याइसकिएको छ । सरकारले दसैँलाई लक्षित गरेर मुस्ताङबाट एक हजार च्यांग्रा खरिद गरी ल्याउने लक्ष्य राखिए पनि करिब ९०० च्यांग्रा ल्याइने ल्यइएको हो ।
दाङलगायत पश्चिमी जिल्लाबाट एक हजार खसीबोका समेत काठमाडौं भित्रिएका छन् । ।