दशैँ तिहार अवधिभर मदिरा बन्द

बाजुरा – रमाइलोका नाममा मदिरा सेवन गर्दा सामाजिक सद्भाव बिथोलिने र झै–झगडाका घटना बढ्ने हुँदा दशैँ तिहार अवधिभर मदिरा बन्द गर्ने बाजुराको बूढीगङ्गा नगरपालिका २ र ३ ले निर्णय गरेको ३ नं वडाका अध्यक्ष खड्क अधिकारीले बताउनुभयो।
वडाले संयुक्त आयोजनामा सञ्चालन गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा सो निर्णय गरिएको हो । वडा नं २ का अध्यक्ष हिरालाल थापाको अध्यक्षतामा आयोजना गरेको कार्यक्रमबाट मदिरा सेवन गर्नेलाई पाँच हजार र बिक्री गर्नेलाई दुई हजार जरिवाना लिने निर्णय गरेका छन् ।

सचेतनाका लागि प्रत्येक टोल र बस्तीमा कार्यक्रम सञ्चालन गर्ने र त्यो नमानेमा वडा कार्यालयबाटै कारवाहीका लागि प्रक्रिया थाल्ने निर्णय गरिएको छ । दुुवै वडाले असोज ३१ देखि कात्तिक ३ गतेसम्म बढी निगरानी गर्ने बताएका छन् । वडा कार्यालयका प्रतिनिनिधि, प्रहरी र युवा महिलाको संयुक्त पहलमा मदिरा बन्द गर्न लागिएको बताइएको छ । मदिरा सेवनकै कारण गाउँमा विवादका घटना बढ्न थालेपछि सबैजसो स्थानीयले मदिरा बन्द गर्ने निर्णय गरेका छन् ।