पाल्पा नागरिक सहायता कक्ष सञ्चालन

पाल्पा, जिल्लाका विभिन्न स्थानमा नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ । चाडपर्व नजिकिदै गर्दा यात्रुहरुको सुरक्षित यात्राका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको हो । तानसेन बसपार्क, रामपुर बसपार्क, आर्यभञ्ज्याङ्ग, हार्थाेक, छहरा, ताहँु, सराई लगायतका क्षेत्रहरुमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ । चाडपर्वको समयमा अत्याधिक मात्रा सवारी साधन गुड्ने भएकाले दुर्घटना नहोस् भनी चालक, सहचालक र यात्रुहरुलाई सहयोग गर्नुको साथै चेतना फैलाउने उद्देश्यले जिल्लाका विभिन्न क्षेत्रमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो ।
दशैंको अवसरमा मान्यजनको हातबाट टिका र आर्शिवाद थाप्न स्वदेश तथा विदेशबाट आफ्नो जन्मघर फर्किने यात्रुहरुलाई सुरक्षित रुपमा घरमा पुग्ने वातावरण सिर्जना गर्न यात्रु सहायता कक्ष सञ्चालन गरिएको प्रहरीले जनाएको हो । बिहान ५ बजेदेखि राती १० बजेसम्म निरन्तर रुपमा यात्रु सहायता कक्षबाट सेवा प्रदान गरिने प्रहरी उपरिक्षक विश्वमणी पोख्ररेलले बताए । यात्रुहरु पुग्ने स्थान, सवारी साधनको अवस्था, भाडादर, अफ्ठ्यारोमा परेका यात्रुहरुलाई सहयोग गरी गन्तव्य सम्म पु¥याउने यात्रु सहायता कक्षबाट काम हँुदै आएको प्रहरी उपरिक्षक पोख्ररेलले जानकारी दिए ।
चाडपर्वको बेला यात्रुहरुको सुरक्षित यात्राका लागि नेपाल यातायात व्यवसायी महासंघ प्रदेश पाँच पनि प्रहरीसँग मिलेर काम गर्दै आएको छ । यात्रु कुनै कारणले बेखर्ची भएको छ उसँग गन्तव्य सम्म पुग्ने पैसा छैन भने जिल्लास्थित यातायात समितिको कार्यालयबाट निःशुल्क टिकटको व्यवस्था गरिएको संयोजक डिलबहादुर ढुङ्गनाले बताए । चाडपर्वको समयमा सवारी साधन र यात्रुहरुको अत्याधिक भिड हुने भएकाले दुवै पक्षलाई व्यवस्थापन गर्ने, सवारी साधनको अत्याधिक गतिलाई नियन्त्रण गर्ने, ओभर लोड तथा सिट क्षमता भन्दा बढी यात्रुहरु ओसार पसार गर्न नदिने, यात्रुहरुलाई परेको पिरमर्कालाई सम्वोधन गरी सुरक्षित रुपमा गन्तव्यमा पु¥याउने गरी छठ पर्वसम्म नागरिक सहायता कक्षलाई सञ्चालन गर्ने जिल्ला ट्राफिक प्रहरी प्रमुख डम्बर गिरीले बताए ।